नेपालगञ्ज- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा जलन वार्ड सञ्चालनमा आएको छ।
आइतवार अस्पतालमा भएको एको कार्यक्रममा उनले सर्जिकल विङ्गको पनि उद्घाटन गरेका हुन्।
अस्पताल पुगेका उनले विभिन्न विभाग र वार्ड निरीक्षण गरी बिरामीसँग उपचार अनुभव लिएका थिए।
भेरी अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको जलन वार्डमा ६ शय्या छन्। यस्तै १४ शय्याको सर्जिकल विङ्ग छ। यो सेवाबाट अग्निपीडित बिरामीको उपचारमा सहज हुने अस्पतालको विश्वास छ।
मन्त्री पौडेलले उद्घाटन कार्यक्रममा जनतालाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिएर काम गरिरहेको जिकिर गरेका छन्।
मन्त्री पौडेलले सिकलसेल र थालेसिमिया रोगीहरूलाई सङ्क्रामक रोगबाट जोगाउन भारत सरकारले दिएको खोप आइतबार अस्पताललाई हस्तान्तरण पनि गरेका थिए।
स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा राम्रो स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएर लागेको जनाउँदै त्यसमा देशका अन्य सरोकारवाला र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक परेको बताए।
मन्त्रालयका सचिव डा विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालहरूका माग र आवश्यकता पूरा गर्ने हरसम्भव प्रयास गरिरहेको दाबी गरे।
कार्यक्रममा अस्पतालका प्रमुख डा. निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिहरूका बारेमा जानकारी गराएका थिए।
कार्यक्रम भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो।


