काठमाडौँ- नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की नियुक्त भएका छन्।
नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी)ले उनलाई उपकुलपतिमा नियुक्त गरेको हो।
विश्वविद्यालयको रजिस्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा सूर्यराज आचार्य नियुक्त भएका छन्।
ऐन अनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ।
नेपाल विश्वविद्यालयका संरक्षक परिषदका पदेन बाहेकका अन्य सदस्यमा डा राम मनोहर श्रेष्ठ, डा शिवा थापा, डा जगदीशचन्द्र पोखरेल, डा विपिन अधिकारी, डा विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, ई लालकृष्ण केसी, माधवप्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन्।


