काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री कार्यालय पुगेका छन्।
भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न प्रचण्ड प्रधानमन्त्री कार्यालय पुगेका हुन्।
छलफलमा माओवादीका उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्।
आइतबार द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका थिए।
वैशाख १६ गते विश्व मानवअधिकारको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले संक्रमणकालीन न्यायलाई अघि बढाउँदा दण्डहीनता फैलाउन सक्ने खालका गम्भीर कमजोरी भएको उल्लेख गरेको थियो।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी पारित गरिएको विधेयकमा अन्तराष्ट्रिय मापदण्डसंग मेल नखाने गरी अपराधहरुको परिभाषा गरिएको एम्नेस्टीको भनाइ थियो।


