काठमाडौँ- हावाहुरीसहित परेको पानीका कारण फेवातालमा ८ जना केही बेर फसेका छन्।
डुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु फसेका थिए।
एउटा डुंगा तालमै पल्टियो। उनीहरूलाई उद्धार गरियो।
अर्को डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
तालबाराही दर्शन गर्न गएका दर्शनाथीलाई पनि फर्काइएको छ।
