पोखरा- पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्।
पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायी लेखनाथ सुवेदीले मंगलबार किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्।
पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ।
पराजुलीले पोखरा महानगरका कर्मचारी ईश्वरीप्रसाद पोख्रेलमाथि पनि उनले कुटपिट गरेको आरोप छ।
कुटपिटको विरोधमा महानगरपालिकाका कर्मचारीले बुधबार सेवा–प्रवाह ठप्प पारेका थिए।
