२०८३ कार्तिक १६ गते आईतबार

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना कम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २५
cabinet 2025-04-30 at 20.19.20
फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बैठकमा गभर्नरको नियुक्ति प्रक्रिया, नीति तथा कार्यक्रममाथि संसदमा भएको बहस, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

मन्त्रिपरिषदले पछिल्लो समय सर्वत्र चासोको विषय बनेको गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना भने कम छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिले सिफारिस नै नगरेका कारण मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्ने सम्भवाना कम भएको हो।

सत्ताका ठूला दुई घटक नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षतम नेतृत्व क्रमश शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच कांग्रेसको भागमा गभर्नर दिने सहमति भएपनि सिफारिस समितिले काम गर्न सकेको छैन। गभर्नर सिफारिसमा आफ्नो मान्छे छिराउने वातावरण तयार गर्नका लागि ओलीसँगको समझदारीमा सिफारिस समितिका संयोजकसमेत रहेका अर्थमन्त्री पौडेलले गभर्नर सिफारिसका लागि समितिको बैठक राखेका छैनन्।

नेपाली कांग्रेसका सभापति देउवा राष्ट्र बैंकबाट राजीनामा दिएर बसेका डा गुणाकर भट्टलाई गभर्नर बनाउन चाहन्छन्। देउवाबाट गभर्नर बनाइने वचन पाएपछि भट्ट राजीनमा दिएर बसेका छन्। तर उनको राजीनामा कायममुकायम गभर्नरसमेत रहेकी डेपुटी गभर्नर निलम ढुंगानाले स्वीकृत गरिदिएकी छैनन्। प्रधानमन्त्री ओलीकै इशाारामा उनले भट्टको राजीनामा स्वीकृत नगरेर सरकारलाई अप्ठेरो बनाउन प्रयास गरेकी हुन्। उनी आफैँ पनि गभर्नरको दौडमा रहेकाले भट्टलाई गभर्नर बनाउने बाटो सजिलो बनाउने पक्षमा छैनन्।

उता ओली भने भट्टको राजीनामा स्वीकृत नहुँदै गभर्नर बनाइदिने र त्यसविरुद्ध मुद्दा पर्न सक्ने तथा भट्टको नियुक्तिलाई अदालतले खारेज गरिदिएर आफूले भनेको व्यक्तिलाई गभर्नर बनाउन सकिने रणनीतिमा छन्। यस्तो अवस्था आउन सक्ने आकलन देउवाले पनि गरेका छन्। त्यस्तो अवस्था आएमा अदालतले सिफारिसको दोस्रो नम्बरमा रहेको व्यक्तिलाई अदालतले गभर्नर बनाउन आदेश दिन सक्ने भएकाले सिफारिसको दोस्रो नम्बरमा पनि आफैँले भनेको व्यक्तिलाई राख्नपर्ने अडानमा छन्। देउवा र ओलीबीच यही विषयमा मतैक्यता नहुँदा पौडेल नेतृत्वको सिफारिस समितिले काम गर्न नसकेको हो।

भट्टको राजीनामा ढुंगानाले स्वीकृत नगर्नुलाई ओलीले राष्ट्र बैंकको आन्तरिक विषय भनेर देउवालाई ब्रिफिङ गरेका छन्। उक्त कुरा देउवाले सार्वजनिक मञ्चबाट भनिसकेका छन्। नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभई राष्ट्र बैंकमा नै समस्या भएकाले गभर्नर नियुक्तिमा ढिलाई भएको बताएका थिए।प्रधानमन्त्री केपी ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनको भनाइ छ।

प्रकाशित: २०८२ बैशाख २५ गते बिहिबार ०८:०३
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना