काठमाडौँ- लघुवित्त पीडितले माइतीघरमा प्रदर्शन गरेका छन्। सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका छन्।
गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन्।
बिहीबार आन्दोलनको १ महिना १० दिन पूरा भएको छ।
सरकारले आन्दोलनरत पीडितसँग वार्ता गर्न र उनीहरूको माग सम्बोधन गर्न कुनै चासो देखाएको छैन।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
