काठमाडौँ- राजसंस्था पुन:स्थापना र सनातन हिन्दू राष्ट्रको माग गर्दै फेरि आन्दोलन गर्ने घोषणा भएको छ।
राजसंस्था पुन:स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन्।
जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा पत्रकार सम्मेलनमा गरियो।
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायत उपस्थित थिए।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
