२०८३ साउन १३ गते बुधबार

पहिले सेट नजित्नु नै हाम्रो हारको कारण भयोः प्रशिक्षक ब्रान्ट

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १२
nepal vs bangladesh

काठमाडौं – ‘पहिलो सेटमा जित निकाल्न नसक्नु नै आज हाम्रो हारको मूख्य कारण भयो। पहिलो सेटमा जित निस्किएको भए हामीले आज सोझो सेटमा जित निकाल्ने थियौँ,’ काभा महिला भलिबल च्यालेन्ज कपको सेमीफाइनलमा काजकस्तानसँग ३–२ को सेटमा हार बेहोरेपछि नेपाली टिमका प्रशिक्षक यान डे ब्रान्टले भनेका छन्।

उनको प्रशिक्षणमा नेपालले विगत साढे दुई महिनादेखि अभ्यास गरिरहेको छ। तर समूह चरणको अन्तिम खेलमा भारतलाई हराउन नसकेको यो टिमले आज काजकस्तानविरुद्ध जित निकाल्दै फाइनल पुग्ने विश्वास गरिएको थियो। तर उसले पाँचौ सेटमा गएर हार बेहोरेको हो।

खेलको बीचको दोस्रो र तेस्रो सेटमा नेपालले राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो। ‘नेपाल निकै बलियो प्रतिद्वन्दी रह्यो। हामीलाई उसले धेरै पटक रोेक्यो। साथै यहाँको समर्थक र उनीहरुको क्राउडले पनि हामीलाई प्रस्टेटेड बनाएको थियो,’ खेलपछि काजखस्तानका प्रशिक्षकले काजाकोभ अजतले भनेका छन्।

तर उनलको टिमले पहिलो सेटमा भने संर्षपूर्ण जित निकालेको भने हो पहिलो सेटमा नेपालले जितका लागि लगातार चार सेट पोइन्ट पाएको थियो। यता काजकस्तानले दुई वटा मात्र सेट पोइन्ट पाएको थियो। तर नेपालले अग्रतालाई बढाउन नसकेपछि २८–३० को हार बेहोरेको हो।
तर दोस्रो र तेस्रो सेटमा नेपालले सानदार जित निकाल्यो। दोस्रो सेटमा पाहुना टोलीलाई २५–१६ स्तब्ध पार्यो भने तेस्रो सेटमा नेपालले २५–१२ ले हरायो। त्यसअघि १–० पछि परेको नेपालले खेललाई २–१ ले लिड डरेको थियो।

तर चौथो सेटमा आएपछि प्रशिक्षकले सेटका खेलाडीलाई रेस्ट दिए। ‘हामीले प्रशिक्षकका धेरै कुरा बुझेनौ कि। पहिलो सेटमा राम्रो गर्दै गर्दै सर्भिसमा अलि धेरै गल्ती भएर सेट गुमाउनु पग्यौँ। दोस्रो र तेस्रो जितेर कमब्याक पनि गरेको हो तर प्रशिक्षकले सबैलाई चेन्ज गराउनु भयो। अन्तिम सेटमा चाहीँ आफैंले धेरै गल्ती गरेपछि जित निकाल्न सकिएन,’ खेलपछि कप्तान अरुणा साहीले भनिन्।

उनले पछिल्लो समय नेपालले डिफेन्स, रिसिभ र सर्भिसमा धेरै मिहिनेत गरिहेको बताएकी छन्। आजको सेमीफाइनल खेलमा डिफेन्स राम्रो भए पनि रिसिभ र सर्भिस मिस भएपछि खेलमा जित निकाल्न नसकेको उनको मत छ।

प्रकाशित: २०८० जेठ १२ गते शुक्रबार ०९:४८
प्रतिक्रिया

थप समाचार

तेस्रो हुँदा पनि ‘खुशी’ नै छ डिफेन्डिङ च्याम्पियन

भारत र काजकस्तानजस्ता अब्बल मानिएका टिमसमेत रहेकाले नेपालले नतिजामा चित्त बुझाएको छ। दुवै टिम फाइनलमा पुगेका छन्।

हारपछि प्रशिक्षक भन्छन्- हामी योद्धा हौँ, सजिलै त्याग गर्न हुँदैन

‘हामी भारतलाई हराउन चाहिँ सक्छौं जस्तो लाग्छ। अनि आज स्पाइकरले बल निकालिरहेको हो तर मैले नै खेलाउन नसकेको हो कि भन्ने पनि लागेको छ,’ नेपाली टिमकी कप्तान शाहीले भनिन्।

भलिबल च्यालेन्ज कप खेल्न नेपाल आइपुगे ६ टोली

काठमाडौं – भोलिबाट काठमाडौंमा सुरु हुने एभीसी सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप खेल्नको लागि ६ देशका टिम नेपाल आइपुगेका छन्। नेपालमा गएको शनिबार विहानदेखि आइतबार विहानसम्ममा छ टिम नेपाल...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना