काठमाडौँ- गत चैत १५ गते राजावादीहरुको प्रदर्शनमा तीनकुनेमा हिंसा भड्काएको आरोपमा थप एक जना पक्राउ परेका छन्।
राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल शिव सेना नेपालका अध्यक्ष अनिलबाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले अदालतको पक्राउ पूर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आए पछि उनी पक्राउ परेको रमा सिंहले जानकारी दिइन्।
गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले झन्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी रहेको बेला उनी पक्राउ परेका हुन्।


