बनेपा- काभ्रेको पनौतीमा भीषण वर्षापछि बाढी आएको छ। वर्षाले पनौती नगरपालिकाका ८ वटा वडा बढी प्रभावित भएका छन्।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुासर वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा बाढीले क्षति गरेको छ।
बाढी आएको कुलोले बगाउँदा पनौती नगरपालिका-५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी प्रहरीले जनाएको छ। बाढीले ३ किलोमिटर अस्थायी बाटो पनि बगाएको छ।
वर्षापछि रोशी खोलामा पुनः बाढी आएको छ।
गत वर्ष असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २२ जनाको निधन भएको थियो।


