काठमाडौँ- चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर सुरु भएको आगलागी नियन्त्रणमा लिइएको छ।
आज बिहान करिब ५ः३० देखि लागेको आगो केही बेर अघि मात्र नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीले जानकारी दिएको हो।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका थिए।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरीसहित नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत वटा दमकल प्रयोग गरिएका थिए।
६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा केहीबेर अघि आगलागी नियन्त्रणमा लिइएकाे प्रहरीले जानकारी दिएको छ।
चारतले आरआर कम्पलेक्सको भूइँतलामा रहेको कपडाको गोदाममा अचानक आगलागी भएको स्थानीयले बताएका छन्।
आगलागीकाे कारण खुलेकाे छैन।
