काठमाडौँ- काठमाडौंबाट भारतको बेंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ।
चरा ठोक्किएको आशंकामा जहाज काठमाडौँ नै फर्किएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। यद्यपि चरा नै ठोक्किएको भन्ने पुष्टि हुन बाँकी छ।
शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बैंगलोरका लागि आर ए २४४ कलसाइनको जहाज उडेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको जहाज प्राविधिकहरूले परीक्षण गरिरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।


