चितवन- चितवनको भरतपुर महानगरपालिका-२५ शुक्रनगरमा एक छोरी र भतिजको हत्या गरेका छन्।
४२ वर्षीय लीलाराज गिरीले दाजु दया गिरीको छोरा सजन गिरी र आफ्नै छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन्। उनीहरूको उमेर अन्दाजी ६-७ वर्ष रहेको प्रहरीले जानकारी दिएको छ।
लीलाराजको खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा शुक्रवार बिहान मृत्यु भएको हो।
घटनापछि लिलाराजले आफ्नै घाँटी पनि रेटेका थिए। गम्भीर घाइते अवस्थामा उद्धार गरी उनलाई उपचार गराउन थालिएको छ।
घटनाको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।


