काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल एकताको सम्भावना नभएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पुगेर प्रचण्डले यस्तो दाबी गरेका हुन्।
२०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन्।
‘नराम्रोसँग धोका खाइयो। पार्टीलाई मात्र होइन, जनतालाई पनि धोका दिइयो। त्यसकारण इनफ इज इनफ। अहिले तत्काल त्यो सम्भावना छैन। २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन,’ प्रचण्डले भने।
‘हामीले पहिल्यै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो। प्रस्ताव गरेको पनि हो। भएको पनि हो। तर त्यो तोडियो। फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो,’ उनले भनेका थिए।
प्रचण्डले अहिले आफ्नो ध्यान सरकारतिर नभएको जिकिर गरेका छन्।
सरकार उल्टो बाटोमा हिँडिरहेको र सुशासन भत्काउनेतिर गइराखेकाले खबरदारी जारी राख्ने उनको भनाइ थियो।


