काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले कक्षा १२ मा सबै विषयका परीक्षा दिएका छन्।
वैशाख २१ गतेदेखि सुरु भई जेठ २ (आज)सम्म सञ्चालन भएको परीक्षामा कप्तान पौडेल पनि सहभागीका हुन्।
परीक्षाका कारण स्कटल्यान्ड जाने टोलीलाई गरिएको बिदाइ कार्यक्रममा पनि सहभागी भएका थिएनन्।
स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिज खेल्ने जाने टिमलाई क्यानले वैशाख ३१ गते बिदाइ गरेको थियो।
स्कटल्यान्डमा हुने प्रतियोगिताका लागि रोहित शनिबार प्रस्थान गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
२२ वर्षीय रोहितले गृहनगर नवलपरासीको बर्दघाटबाट १२ कक्षाको परीक्षा दिएका हुन्।
पौडेलले समग्रमा परीक्षा राम्रो भएको प्रतिक्रिया दिएका छन्।


