काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत्र मसान्त) सम्ममा नेपाल टेलिकमको खुद नाफामा भारी कमी आएको छ। गत आवको सोही अवधिमा तुलनामा कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेर २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यो नाफा ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार रुपैयाँ थियो।
यो अवधिमा कम्पनीको कुल सञ्चालन आय पनि घटेको छ २५ अर्ब ३१ करोड ७६ लाख रहेको छ। गत वर्षो सोही अवधिमा नेपाल टेलिकमको कुल सञ्चालन आय २८ अर्ब ४३ करोड १५ लाखमा झरेको छ। कम्पनीको कुल आय २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार छ। उक्त रकम गत आ.व. को सोही अवधिको ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रहेको थियो। यो अवधिका. २ अर्ब ७७ करोड ३२ लाख ९१ हजार अर्थात् ८.८९ प्रतिशतले कुल आयमा कमी आएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीको प्रति शेयर आम्दानीरु. २१.०५ रहेको जनाएको छ।
भाइबर, ह्वाट्सएप जस्ता प्रविधिले अन्तर्राष्ट्रिय कल घटाएकाले अन्तरआबद्धता आय २२.३७ प्रतिशतले घटेको कम्पनीले जानकारी दिएको छ।
जीएसएम अनुमतिपत्र नवीकरणका लागि अघिल्लो वर्ष २० अर्ब रुपैयाँ एकमुष्ठ भुक्तानी गर्नुपरेकाले पनि नाफा कम हुन पुगको हो। यस्तै निवृत्तिभरणको व्यवस्थाका लागि यो वर्ष मात्रै रु. १३ अर्ब १५ करोड छुट्याइएकाले पनि नाफा कम गर्न सहयोग गरेको कम्पनीको भनाइ छ।
ब्याजदर घट्दा ४६.०२ प्रतिशत ब्याज आम्दानी घटेको, इन्टरनेट सेवा प्रदायकहरूले मोबाइल सेवाको बजार हिस्सामा असर पार्ने गरी मोबिलिटी वाइफाइ विस्तार गरेको पनि कम्पनीको भनाय छ। दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्दा लागत बढेको तर प्रतिफल न्यून रहेको उसको भनाइ छ।


