काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै तहको सरकारमा भएर पनि कांग्रेसमा असन्तुष्टि रहेको बताएका छन्।
सोमबार काठमाडौंमा सुवास घिमिरेद्वारा लिखित बीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास ‘सान्दाजु’ विमोचन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
सबै तहका सरकारमा भएकाले देशमा देखिएका समस्या समाधान गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए।
नेपाल कहिल्यै बन्दैन भन्ने विश्वास युवाहरूमा टुटेर जानु डरलाग्दो भएकाले यस्तो परिस्थितिबाट देशलाई बाहिर निकाल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको उनले उल्लेख गरे।
उनले अहिले कांग्रेसले पाएको अवसरलाई सदुपयोग गर्दै निराशा चिर्न सक्नुपर्ने बताए।


