काठमाडौँ— एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकहरूका लागि सहज र सुलभ सञ्चार सेवा प्रदान गर्न तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू ल्याएको छ। यी बजेटमैत्री प्याकहरू आज (मंगलबार, जेठ ६) बाट लागू भएका छन्।
ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएका यी प्याकहरू हरेक हप्ता स्वतः रिन्यू हुनेछन्, जसले ग्राहकलाई बारम्बार प्याक खरिद गर्ने झन्झटबाट मुक्ति दिनेछ।
उपलब्ध नयाँ साप्ताहिक प्याकहरू:
अनलिमिटेड भ्वाइस प्याक: करसहित रु ९९ मा सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका जुनसुकै नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न सकिनेछ।
सधैं अन प्याक: रु ९९ मा २ जीबी डेटा, ४९ मिनेट अल नेपाल कल र ९ वटा अल नेपाल एसएमएस सुविधा सात दिनका लागि उपलब्ध हुनेछ।
१० जीबी डेटा प्याक: डेटा मात्र चाहने ग्राहकहरूले रु १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्नेछन्।
एनसेलले यी प्याकहरूको मुख्य विशेषता हरेक हप्ता स्वतः रिन्यू हुने व्यवस्था रहेको जनाएको छ। ग्राहकहरूले *१२३*९# डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू खरिद गर्न सक्छन्।
कम्पनीले नयाँ प्याकहरू सञ्चालनमा ल्याउन पाउँदा उत्साहित भएको र यसले ग्राहकहरूलाई आफ्नो आवश्यकताअनुसार सेवाहरू रोज्न र झन्झटमुक्त रूपमा प्रयोग गर्न मद्दत पुग्ने बताएको छ।
सेवाहरू निर्वाध रूपमा प्रयोग गर्नका लागि हरेक ७ दिनमा नवीकरण (रिन्यूअल) हुने समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा पर्याप्त रकम हुनुपर्ने एनसेलले स्पष्ट पारेको छ।


