काठमाडौँ- बुधबार वर्षा भएपछि काठमाडौँका विभिन्न स्थान जलमग्न भएका छन्।
पानी र ढलको उचित निकास नहुँदा स्थानीयबासीसँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपरेको छ।
आज विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्र जलमग्न भएका छन्।
वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ।


