काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न निर्देशन दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समितिले यस्तो निर्देशन दिने निर्णय गरेको हो।
करिब साढे ४ घन्टा लामो छलफलपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले यस्तो निर्देशन दिएका हुन्।
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन, उपसमितिमा रहेका गोकुल बाँस्कोटा र तारा लामाको पूरक मतसहितको प्रतिवेदन ग्रहण गरेर त्यसलाई अख्तियारमा पठाउने निर्णय पनि गरेको जानकारी दिए।
‘हामीले अख्तियार पठाउने निर्णय गरेका छौं,’ उनले भने।


