काठमाडौँ- विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति गरिएको छ।
सगरमाथा आरोहण गर्न सफल प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पा र सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याल एक तह बढुवा गर्ने निर्णय भएको हो।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक रहेका दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षक पदमामा विशेष बढुवा गरिएको जानकारी दिएका छन्।
नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले पनि प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको बताएका छन्।
सोमबार बिहान ८:५६ बजे शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्। उनी बिहीबार काठमाडौं आइपुग्ने तालिका छ।
सशस्त्रका छन्त्यालले गत जेठ ४ गते आइतबार बिहान ९:२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए।


