काठमाडौँ- चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको आन्दोलनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेकाहरूलाई थप २ दिन म्याद थप गरिएको छ।
दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतबाट प्रहरीले अनुमति पाएको हो।
जिल्ला अदालत काठमाडौंले उनीहरूमाथि अनुसन्धान गर्न थप दुई दिन अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।


