काठमाडौँ- उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले कार्ययोजना बनाएको छ। पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उक्त आयोगको प्रतिवेदनका आधारमा सकारले ४०८ वटा काम गर्ने कार्ययोजना बनाएको हो।
यी काम कार्यान्वयन गर्ने समयावधि, जिम्मेवार निकाय र अपेक्षित उपलब्धि सहित सरकारले यस्तो कार्ययोजना बनाइएको छ। सरकारले गत कात्तिकमा बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले वैशाखमा प्रतिवेदन बुझाएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेलको नेतृत्वमा गोविन्दबहादुर कार्की, कृष्णबहादुर राउत र रावश्वसचिव दिनेशकुमार घिमिरे सदस्य रहेको समितिले कार्ययोजना बनाएको थियो। सोमबारको बैठकले उक्त कार्य योजना स्वीकृत गरेको हो। योसँगै अर्थ मन्त्रालयले उक्त कार्य योजना शुक्रबार सार्वजनिक समेत गरेको छ।


