काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई सकिएर आदेश आउने भएपछि उनका समर्थक जिल्ला कारागार कार्यालयअघि जम्मा भएका छन्।
आदेश आउनुभन्दा १ घण्टा अगाडिदेखि जिल्ला कारागार रुपन्देहीको परिसरमा उनका समर्थकको भिड लागेको हो।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि रवि अहिले रुपन्देही कारागारमा छन्।
उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको छ। उक्त रिटमाथिको आदेश आजै आउने सर्वोच्च प्रशासनको भनाइ छ।
थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्ने आदेश आउनुअघि नै रास्वपा कार्यकर्ताहरू जिल्ला कारागार अगाडि पुगेका हुन्।


