काठमाडौँ- रवि लामिछानेको मुद्दामा आदेश आउने भएपछि सर्वोच्च अदालत परिसरमा रास्वपा कार्यकर्ताको भिड लागेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकाल आदेश लेख्ने क्रममा रहेको समयमा गेटबाहिर रवि लामिछानेका समर्थकको भिड लागेको हो।
आदेश सुन्नका लागि रविकी पत्नी निकिता सर्वोच्च अदालत पुगेकी छन्। अदालत परिसरमा सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ।


