काठमाडौं– प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ। बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो।
बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफाबार छलफल र पारित गर्ने कार्यसूची रहेको छ। दुवै सदनका संयुक्त बैठकमा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समिति सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदन संसद् प्रस्तुत गरेका छन्। यसमाथि सांसदहरुले छलफद्य गरिरहेका छन्।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ।
प्रतिनिधिसभाले शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ। १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
आजै राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ।
भिडियो


