काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
सोमवार बिहान आफ्नै निवासमा पदाधिकारीको बैठक देउवाले बोलाएका हुन्। गृहमन्त्री रमेश लेखकको राजीनामा माग हुन थालेपछि देउवाले बैठक बोलाएका हुन्।
संसदका प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामालाई जोडतोडका साथ उठाउने भएपछि देउवाले बैठक बोलाएका हुन्।
भिजिट भिसामा जाने नेपाली नागरिकसँग चर्को घुस र कमिसन असुलीको धन्दा चलाएको आरोपमा गृहमन्त्रीको राजीनामा भइरहेको छ।
यो आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाईसहित चार जनामाथि अनुसन्धान थालिएको जानकारी दिएको छ।
यो प्रकरणमा गृहमन्त्री नै विवादमा तानिएपछि कांग्रेसकै नेता शेखर कोइरालाले नै नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिइसकेका छन्।
उता नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारीले गलत गर्दा मन्त्रीको राजीनामा दिन परे राज्यव्यवस्था नै चल्न नसक्ने बताएका छन्।


