२०८३ कार्तिक २४ गते सोमबार

जनतालाई व्यवस्था मात्रै दिएर पुग्दैन

 |  शारदादेवी भट्ट
Sanket

शारदादेवी भट्ट

काठमाडौँ, जेठ १२
sharada_devi_bhatta

तीनै तहका सरकारहरुले भ्रष्टाचार अन्त्यका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्छ। यसका लागि समन्वयात्मक काम गर्नुपर्छ। एकले अर्कोलाई दोष दिएर उम्कन मिल्दैन। गरिबी छ, वैदेशिक ऋण पनि छ। यस्तो अवस्थामा भ्रष्टाचार हुन्छ भने समाज के होला? जनताले तिरेको कर हिनामिना गरिनुहुन्न। सबैभन्दा पहिला देशबाट भ्रष्टाचार अन्त्य गर्नुहोस्। भ्रष्टाचार रोक्न सकेमात्र देश उँभो लाग्छ, देशको विकास हुन्छ। सदाचारलाई हामी सबै मिलेर प्रवद्र्धन गरिनुपर्छ।

सुगम भनिए पनि कैलाली सुदूरपश्चिमको एउटा पिछडिएको जिल्ला हो। यहाँ बसोबास गर्ने थारु, चौधरी, दलित र महिलालगायत सबै जनतामा शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या छ। सुदूरपश्चिमलाई अझै पर्याप्त बजेट विनियोजन गरिँदैन। अन्य प्रदेशका तुलनामा सुदूरपश्चिममा अत्यन्त न्यून बजेट विनियोजन हुन्छ। कैलालीमा महिला बढी समस्यामा परेका छन्।

ज्येष्ठ नागरिकलाई समाज र राष्ट्रले उच्च सम्मान गर्नुपर्छ। अहिले बदलिँदो सामाजिक संरचनाका कारण ज्येष्ठ नागरिकले अपहेलित भएको महसुस गर्न थालेका छन्। पहिलो कुरा भनेको छोराछोरीले नै आफूलाई जन्म दिने बाबुआमा प्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ। सन्तानलाई नै आमाबाबुप्रति जिम्मेवार बनाउनुपर्छ। सन्तान नै नभएको खण्डमा भने राज्यले उनीहरुको व्यवस्थापन गर्नुपर्छ। बाँचुञ्जेल भएको सम्पत्ति सबै बाबुआमाकै नाममा हुनुपर्छ। यदि सम्पत्ति भएन भने सन्तानले बाबुआमालाई नहेर्ने चलन पनि छ। सरकारले अलिकति भए पनि भत्ता दिएर बूढाबूढीलाई राहत भएको छ। भत्ता बूढेसकालको सहारा भएको छ। यो राज्यले राम्रो गरेको छ।

हाम्रो जमानामा महिला अधिकार भन्ने थाहै थिएन। अहिले भने महिलाले धेरै अधिकार पाएका छन्। हामीले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, मन्त्री, सांसद, मेयर र उमपेयर पाएकै छौँ। यसलाई महिलाले अधिकार नपाएकै हो भन्न सकिन्न। तर महिलाको हकअधिकारको निम्ति धेरै काम गर्नुपर्ने छ। अझै धेरै सङ्घर्ष गर्नुपर्ने छ। महिलाभित्र पनि टाठाबाठाले अधिकारको बढी उपभोग गरेका छन्। जसले पाउनुपर्ने हो, उस्ले पाउन सकेको छैन। महिलाभित्र पनि समान रुपमा अधिकारको बाँडफाँट हुन आवश्यक छ।

अहिले संविधान संशोधनको चर्चा चुलिएको छ। तर के विषयमा संशोधन गर्ने भन्ने कुरा आएको छैन। अहिल्यै पनि संविधानमा जनताका धेरै विषयवस्तु समावेश भएका छन्। अझै केही अधिकार संशोधनमार्फत सम्बोधन गर्नुपर्ने छ।

काम गर्न विदेश जाने युवालाई रोक्नका लागि देशमा भएका सबै कलकारखाना सञ्चालन गर्नुपर्छ। नेपालमा भएका कलकारखाना कहाँ गए भन्नेबारेमा पनि खोजी हुनुपर्छ। यो खोजी कुनै पनि सरकारले गर्न सकेको छैन। मेरो जानकारीमा नेपालमा कुनै दिन ३० वटाभन्दा बढी कलकारखाना र उद्योग थिए। ती सबै अहिले कहाँ गए ? अहिले देशभित्र काम नपाएपछि नेपाली युवा विदेशमा श्रम बेच्न बाध्य छन्। यो कुरालाई सरकारले सम्बोधन गर्नुपर्छ। यसरी नै युवा विदेशिने क्रम बढ्दै गयो भने देशको विकास कसरी हुन्छ ? प्रत्येक गाउँ युवाविहीन भइरहेका छन्। पहाडका घरहरु खाली हुन थालेका छन्। यो गम्भीर विषय हो।

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ। अब फेरि राजा ल्याउने भन्ने कुरा हुँदैन। हामीले लामो समय राजतन्त्र पनि हेरेकै हो। त्यसैले अहिलेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुधारेर लैजानुपर्छ। तर नेताले जनताको पक्षमा राम्रो काम गर्नुपर्छ। देश एउटा गतिमा अगाडि बढिसकेको छ। सरकारले पनि समृद्ध नेपाल सुखी जनताको निम्ति काम गरिरहेको छ। जनता निरास हुनुपर्ने अवस्था छैन। अब विस्तारै जनताको अवस्थामा पनि परिवर्तन आउँछ। देशमै रोजगारीको सिर्जना हुन्छ। सबैभन्दा उत्तम व्यवस्था गणतन्त्र हो। यो हामीले लडेर ल्याएको हो। तर जनतालाई व्यवस्था मात्रै दिएर पुग्दैन। उनीहरुलाई त्यहीअनुसारको सेवा सुविधा पनि दिनुपर्ने हुन्छ।

राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो। अब आउँदो फागुनमा मेरो कार्यकाल सकिँदैछ। राष्ट्रियसभा एउटा सम्मानित सभा हो। यो सभासम्म आइपुग्ने सदस्यहरु लामो सङ्घर्ष गरेर आउनुभएको छ। त्यस अर्थमा पनि यो सभा परिपक्व र अनुभवीको सभा हो। राष्ट्रियसभामा आउने सदस्यले देश र जनताको निम्ति केही न केही योगदान गरेरै आएका छन्। मेरो अनुभवमा राष्ट्रियसभाले संविधानभित्र रहेर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकै छ। आफ्नो काम, कर्तव्य नियमपूर्वक पालना गरेकै छ। सांसदको कामै कानुन निर्माण गर्ने हो। यो भूमिका पनि राष्ट्रियसभाले निर्वाह गर्दै आएको छ। यो सभामा आएका विधेयक पर्याप्त छलफल गरेर मात्रै पास गर्छौं।

(एमाले केन्द्रीय सल्लाहकारसमेत रहेकी राष्ट्रियसभाको सदस्य शारदादेवी भट्टसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित: २०८२ जेठ १२ गते सोमबार १०:३९
प्रतिक्रिया

थप समाचार

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना