काठमाडौं- सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी पत्नी निकिता पौडेलले आफ्ना पतिको मुद्दामा सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार दुवै नगरेको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार स्टाटस लेख्दै उनले बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका क्रममा सर्वोच्चले न्याय नदिएको टिप्पणी गरेकी हुन्।
उनले लेखेकी छन्- ‘अदालतले न्याय त दिएन, दिएन, मानवीय व्यवहार पनि गरेन।’
उनले लामिछानेलाई नियत नै राखेर थुनेको उल्लेख गरेकी छन्।
‘गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन’, उनले लेखकी छन्।


