काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ।
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध गरिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री रमेश लेखकसहित बेला ओली र देउवासहितका नेताहरूले भेट गरेका हुन्।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध भएको विषयमा छलफल भएको थियो। छलफलपछि गृहमन्त्री लेखकले सदनमा सम्बोधन गर्ने वातावरण तयार पार्ने सहमति भएको उल्लेख गरिएको छ।
विपक्षीले सदन अवरुद्ध गर्ने नीति लिएपछि प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए।
बालुवाटारमा संसद्को गतिरोध खुलाउनेबारेमा छलफल भएको बर्तौलाको भनाइ छ। ‘संसद् बैठकमा गृहमन्त्रीले प्रस्ट पार्नुहुन्छ’, भेटमा सहभागी बर्तौलाले भने, ‘नियमावलीअनुसार बैठक अघि बढ्छ।’
ओली-देउवाबीच छलफलको निष्कर्ष प्रतिनिधिसभासम्म पुग्न नसक्दा बुधबार बिहान ११ बजेका लागि तोकिएको बैठक अझै सुरु हुन सकेको छैन।
बैठकमा गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गर्ने बताएकाले थप रणनीतिका लागि सत्ताधारी दलको बैठक बसेको हो।


