काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै खुद नाफा कमाउने सरकारी कम्पनीहरुमा विद्युत प्राधिकरण रहेको छ। प्राधिकरणले गत आर्थिक वर्ष १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थानको दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ८ अर्ब ३७ करोड कमाएको छ। तेस्रो स्थानमा रेहको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २९ करोड नाफा आर्जन गरेको छ।
यस्तै नागरिक लगानी कोषले ३ अर्ब १० करोड र निक्षेप तथा कर्जा सुरक्षण केन्द्रले १ अर्ब १ करोड नाफा आर्जन गरेको छ।
यस्तो छ सार्वजनिक संस्थानको स्थिति


