काठमाडौँ- नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
बिहान साढे १० बजे आलमलाई अस्पताल पुर्याएको थियो। चिकित्सकका अनुसार अलामले मधुमेह, उच्चरक्तचापको औषधि समेत सेवन गर्दै आइरहेका छन्।
बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका आलमले बुधबार मात्र उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासबाट सफाइ पाएका थिए। उनीसँगै ४ जनाले पनि सफाइ पाएका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो। कांग्रेस उम्मेदवार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो।


