२०८३ कार्तिक २६ गते बुधबार

झापामा बाढीले एसियन हाइवेका तीन डाइभर्सन बगायो, यातायात ठप्प

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १७
maikhola-1748664925

झापा- गए रातिदेखिको अविरल वर्षापछि आएको बाढीले झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवे (पूर्वपश्चिम राजमार्ग) अन्तर्गतका तीनवटा डाइभर्सन बगाएपछि आज बिहानदेखि यातायात अवरुद्ध भएको छ।

काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले जानकारी दिँदै बाढीले मेचीनगरस्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ क्षेत्रमा बनाइएको डाइभर्सन बगाएको बताए।

बाढीले डाइभर्सन बगाएपछि आज बिहानदेखि राजमार्गमा सवारी आवागमन रोकिएको हो। तर बिहान ११ बजेसम्ममा कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत गरी गाडी चल्न सक्ने बनाएको जानकारी पनि उनले दिए।

‘एनिमल अन्डरपासको डाइभर्सनमा अहिले मर्मतको काम धमाधम भइरहेको छ,’ उनले भने, ‘कालीखोला र धुलाबारीका डाइभर्सन भने मर्मत गरिसकेका छौं, अहिले डाइभर्सनमाथिबाटै सवारी चल्न थालेका छन्।’

कालीखोलामा अहिले पुरानो पक्की पुल भत्काएर नयाँ पुल निर्माण भइरहेको रहेछ भने ढुकुरे खोलामा पुरानो कल्भर्ट हटाएर नयाँ कल्भर्ट बनाउने काम भइरहेको रहेछ। चारआलीको जङ्गल क्षेत्रमा वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने ‘एनिमल अन्डरपास’ निर्माणाधीन अवस्थामा रहेको जानकारी पनि उनले दिए।

तीनै स्थानमा अस्थायी साँघुरा डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएकोमा बाढीले ती संरचना बगाएपछि ट्राफिक प्रहरीले वैकल्पिक सहायक सडक प्रयोग गरेर सवारी व्यवस्था मिलाएको रहेछ।

आयोजना प्रमुख पन्तका अनुसार मनसुनी वर्षा अनुमानभन्दा करिब १५ दिनअघि सुरु भएकाले बलियो डाइभर्सन बनाउन समय मिल्न सकेन। ‘हामीले निर्माण कम्पनीलाई पहिले नै ठोस डाइभर्सन बनाउनु भनेर निर्देशन दिँदै आएका थियौं,’ उनले भने, ‘तर, वर्षा सोचेजस्तो नभई छिट्टै सुरु भयो र ठूलो पानी पर्‍यो, जसले गर्दा डाइभर्सन समयमै मजबुत बनाउन सकिएन।’

उनका अनुसार आजभित्र सबै ठाउँमा सवारी सञ्चालन सुचारु हुने गरी मर्मत गरिँदैछ र आगामी १५ दिनभित्र सबै कल्भर्टमाथि दुई लेनबाट गाडी चल्ने व्यवस्था गरिनेछ। कालीखोला र भालुखोलामा पुराना पक्की पुल हटाइएकाले ती ठाउँमा तीन तहको ह्यूमपाइप राखेर बलियो डाइभर्सन बनाइने योजना रहेको पनि उनले जानकारी दिए।

एसियाली विकास बैंकको सहयोगमा रु १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वी खण्डको स्तरोन्नतिको काम भइरहेको छ, जसको जिम्मा एभ्रास्कन–कालिका जेभीले लिएको हो।

यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले केही दिनअघि नै राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती भइरहेकाले बर्खामा बाढीजन्य विपद् आउन सक्ने चेतावनी दिएका थिए।

योजना प्रमुख पन्तले वर्षात्को समयमा राजमार्गमा समस्या आएमा र्‍यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समाधान गर्ने तयारी रहेको पनि जानकारी दिए।

प्रकाशित: २०८२ जेठ १७ गते शनिवार ०१:०५
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना