२०८३ कार्तिक २६ गते बुधबार

भेटेरिनरी एशोसिएसनमा अध्यक्ष बने डा सुवेदी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १८
cfc3c05b-9445-4f0e-924e-294d045925d3

काठमाडौं: नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को  केन्द्रीय अधिवेशनले डा केदार सुवेदीलाई अध्यक्षमा चयन गरेको छ। शनिबार काठमाडौंको बत्तिसपुतलीमा सम्पन्न यस अधिवेशनमा नयाँ कार्यसमितिका अरु पदाधिकारी तथा सदस्य पनि चयन भएका छन्।

७१२ जना मतदाता रहेकोमा अध्यक्ष पदका लागि भएको मतगणनामा डा. सुवेदीले ३०३ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पछि पारे। डा. पाण्डेले २१६ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. उमेश दाहालले १७० मत ल्याएका छन्।

अन्य पदमा निर्वाचित हुनेहरूमा महासचिवमा डा. शंकर न्यौपाने ३४१ मत र कोषाध्यक्षमा डा. विकास श्रेष्ठ ३६७ मतरहेको छ।

सदस्य पदमा डा. गणेश रानाभाट ३७१ मत, डा. सुशीलकुमार राई ३५४ मत, डा. नविन पन्थी ३३९ मत, डा. साधना घिमिरे ३३९ मत, डा. सरद नरसिंह अमात्य ३०७ मत, डा. दिनेश अर्याल ३८९ मत सहित विजयी भएका छन्।

अधिवेशनको उद्घाटन समारोहमा कृषिमन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। मन्त्री अधिकारीले छात्रवृत्तिमा अध्ययन गरेका पशु चिकित्सकहरूले मेडिकल चिकित्सकहरूजस्तै गाउँ-गाउँमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिएका छन्। उनले “एक स्थानीय तह, एक पशु चिकित्सक” कार्यक्रम कार्यान्वयनका लागि बजेट व्यवस्था भइसकेको जानकारी दिँदै एनभिएसँग आवश्यक समन्वय र सहयोगको अपेक्षा राखेका थिए। मन्त्री अधिकारीले हालै नेपाल–चीनबीच भएको भैंसीको मासु निर्यात सम्झौता र देशको पशुपालन व्यवसायमा आत्मनिर्भरता हासिल भएको कुरा उल्लेख गर्दै पशुजन्य उत्पादनको निर्यात वृद्धि तथा कृषकको आयवृद्धिमा पशु चिकित्सकहरूको योगदान महत्त्वपूर्ण रहेको बताए।

प्रकाशित: २०८२ जेठ १८ गते आईतबार ०८:१२
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना