काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको खास लडाइँ भोलिबाट सुरु हुने घोषणा गरेका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित बनेका लिङ्देनले यस्तो घोषणा गरेका हुन्।
थापालाई तत्काल रिहा नगरे भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए।
‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं। खास लडाइँ भोलिबाट सुरु हुन्छ,’ उनले भने।
काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ।
उनले आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए।


