२०८३ कार्तिक १६ गते आईतबार

मागको सीमा बढाउँदै प्रतिपक्षी, अटेर गर्दै सत्तापक्ष

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २०
parliament (6)

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठक बस्दै नबसी स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँस गरी दिउसो दुई बजेका लागि सारिएको थियो। तर दिउँसो पनि बैठक बस्ने सक्ने अवस्था नरहेपछि सूचना टाँस गरी बुधबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन र गृहमन्त्रीको राजीनामा माग राख्दै यसअघिका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए।

गृहमन्त्री रमेश लेखक।

संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग संयुक्त र छुट्टाछुट्टै छलफल गरेका थिए। तर कुनै सहमति हुन नसकेपछि मंगलबार पनि प्रतिनिधिसभा बैठक प्रभावित भएको हो।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष नै संसदको गतिरोध अन्त्य गर्न इच्छुक नदेखिएको आरोप लगाए।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता आए सदनको गतिरोध अन्त्य गर्न सकिने लचिलो प्रस्ताव आफूहरूले राखेपछि सत्तापक्ष त्यसमा गम्भीर भएको आरोप लगाए।

मानव तस्करीसँग जोडिएको भिजिट भिसा प्रकरण संसदको मात्रै नभई जनताको विषय भएकाले यस्ता प्रवृत्तिलाई अन्त्य गर्न उच्चस्तरीय वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए। ‘सदनमा गृहमन्त्रीलाई बोल्न दिने तर त्यसअघि छानबिन समितिको प्रतिबद्धता आए सदनको अवरोध हटाउन सकिन्छ,’ उनले भने। भिजिट भिसा प्रकरणको विषय उठान भएपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन विपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताए।

एमाले प्रमुख सचेतक महेश बर्तौला।

मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले अहिले गृहमन्त्रीका बारेमा प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन भएको समेत बताए। कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसदमा बसाउन नहुने उनको भनाइ छ। बर्तौलाले दलहरुबीच आन्तरिक छलफल गरेर निकास निकाल्नका लागि समझदारी बमोजिम नै बुधबारसम्मका लागि संसद स्थगित गरिएको जानकारी दिए।

‘गृहमन्त्रीले जवाफ दिएपछि बिपक्षीले भनेअनुसार छानबिन समिति गठन, गृहमन्त्रीको राजीनामालगायतका विषयमा छलफल गर्न सकिन्छ,’ बर्तौलाको भनाइ छ।

यसअघि मंगलवार संघीय संसदका प्रतिपक्षी दलहरूको बैठकले गृहमन्त्रीले राजीनमा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेका थिए। माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निष्कर्ष निकालेका थिए।

भिजिट भिसाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने र समितिले श्रम ऐन, २०६४ जारी भएपछि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैँको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने सहमति भएको छ।

माओवादी रास्वपा बैठक।

आवश्यक छानबिन गर्नको लागि मार्गप्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्न माग विपक्षीको छ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले तत्काल राजीनामा दिन नपर्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कुनै एक व्यक्तिमाथि अनुसन्धान भइरहँदा अर्को व्यक्तिले राजीनामा दिनु उचित नहुने तर छानबिनका क्रममा संलग्न देखिए राजीनामा दिनुपर्ने बताएका हुन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा।

‘यसमा अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता, जो पनि हुन्छ । त्यसमा अनुसन्धान गरेर जानुपर्छ। अहिले गृहमन्त्रीको राजीनामाको विषयमा जोडिएर यो कुरा आइरहेको छ, यदि मन्त्रीमाथि पनि कुनै अनुसन्धान भइरहेको छ भने पदत्याग गर्नुपर्छ,’ उनले भने, ‘तर यो अनुसन्धान अख्तियारले गरिरहेको छ, मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन्, अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने उहाँले पद छाड्नुपर्छ।’

महामन्त्री शर्माले अहिले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी गरे। उनले अहिले गृहमन्त्रीमाथि कुनै उजुरी नै नपरेको बताएका थिए। तर रविविरुद्ध उजुरी परेकाले आफूहरूले राजीनामा माग गरेको बताएका थिए।

उता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गृहमन्त्रीको राजीनामा माग गर्नु अनुचित भएको जिकिर गरेका छन्। गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको उनको जिकिर छ।

सोमवार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले मंगलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका थिए। तर उनको उक्त अभिव्यक्ति पनि भाषणमा मात्र सीमित बन्यो।

‘वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँ (प्रतिपक्षी)हरू हुनुहुन्छ होला। यस्तो व्यवहार सधैँ चल्दैन। संसद यस्ता नचाहिने कुरामा सधैँ बन्द हुँदैन’, ओलीको भनाइ थियो। प्रतिपक्षीले अरू कुनै विषय नपाएर गृहमन्त्रीको राजीनामा माग गरिएको उनको आरोप छ।

प्रधानमन्त्री केपी शर्मा ओली।

सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्नेजस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने उनको टिप्पणी छ।

कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले बेचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै ओलीले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्ति देखिएको आरोपसमेत लगाए।

भिजिट भिसामा जाने नेपालीसँग चर्को रकम घुस असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबारदेखि विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसँग बयान लिन थालेको छ । डिजिटल फरेन्सिक ल्याबबाट रिपोर्ट आएसँगै त्यही विषयमा उनीसँग बयान लिन थालिएको हो।

आइतबार र सोमबार भट्टराई बयानका लागि अख्तियार कार्यालय पुगेका थिए। उनले चलाउने गरेका तीन मोबाइल र ल्यापटपको रिपोर्ट आउन बाँकी छ। अख्तियार स्रोतका अनुसार हालसम्म आएका रिपोर्टमा असुली धन्दाको गिरोहमा भट्टराई संलग्न देखिने पर्याप्त प्रमाणहरू भेटिइसकेका छन्।

सहसचिव तीर्थराज भट्टराई।

भट्टराई दलालहरूसँग आफैँ डिल गर्ने गरेका थिए। त्यसका लागि उनले छुट्टै मोबाइल बोकेका थिए। उनले खगेन्द्र सुवेदी र कविता पौडेलमार्फत लिने गर्थे। दुवैको खातामा स्रोत नखुलेको अस्वाभाविक कारोबार देखिएको छ। यो प्रकरणमा सेटिङ मिलाउने जिम्मा ग्रिनलाइन ट्राभल्सका प्रबन्ध निर्देशक बालकृष्ण खड्काको भागमा थियो। उनी पनि अख्तियारको नियन्त्रणमा छन्।

अख्तियारले भट्टराईलाई पक्राउ गर्ने सूचना पाएलगत्तै गृह मन्त्रालयले उनलाई सरुवा गरेर मन्त्रालय तानिदिनु, सरुवामा प्रत्यक्ष रूपमा गृहमन्त्री रमेश लेखकको सचिवालय हावी हुनुलगायतका कारणले गृहमन्त्री रमेश लेखकले पनि भिजिट भिसामा जाने नेपालीसँग असुली गरेको रकमको भाग पाउने गरेक आरोप छ। यो प्रकरणले गृहमन्त्रीमाथि राजीनामा दिन दबाब सिर्जना गरेको छ। तर उनी भने आफू संलग्न नभएको भनेर आफू मात्र दाबी गरिरहेका छैनन्, मन्त्रालयको लेटरप्याडमा कर्मचारीहरूलाई हस्ताक्षर गर्न लगाएर विज्ञप्ति पनि जारी गराउँदै आएका छन्।

यता नेपाली कांग्रेसका नेताहरूले नै लेखकलाई राजीनामा दिन सुझाव दिएपनि सभापति शेरबहादुर देउवाले भने उनले राजीनामा दिन नपर्ने अडान राख्दै आएका र प्रधानमन्त्री ओलीसमेत आफ्नो पक्षमा भइदिँदा लेखकले राजीनामा दिनु परेको छैन। तर सदनमा प्रतिपक्षीहरूको विरोध कायमै रहे लेखकमाथि पनि छानबिन त हुनेछ नै। तर प्रतिपक्षी कित्ताको रास्वपाले २०६४ पछिका सबै गृहमन्त्रीमाथि छानबिनको माग राखेका कारण यसमा माओवादीका प्रभावशाली नेताहरू पनि छानबिनमा तानिन सक्ने भएकाले माओवादी र रास्वपाको प्रतिपक्षीय साझेदारीमा दरार आउन सक्ने देखिन्छ। प्रतिपक्षी कमजोर भएको खण्डमा न त लेखकले राजीनामा दिनुपर्छ, न यो प्रकरणमा २०६४ पछिका गृहमन्त्रीहरूमाथि छानबिन नै हुन्छ।

प्रकाशित: २०८२ जेठ २० गते मङ्गलबार ०५:१५
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना