काठमाडौँ- सार्वजनिक यातायातले बन्दको समयमा यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झार्ने काम गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ।
जडीबुटीस्थित बसपार्कमा यातायात व्यवसायीले यात्रुहरूलाई सवारी साधनबाट ओराल्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
बन्दको समयमा यात्रु बोकेका सार्वजनिक बसहरुलाई रोकी यात्रु झर्ने काम गरेपछि केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।
प्रहरी र यातायात व्यवसायी बीच तनावको अवस्था समेत सृजना भएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


