२०८३ कार्तिक १२ गते बुधबार

‘सर्वोच्च अदालतको फैसला लिएर गए पनि नागरिकता दिँदैन सरकार’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १४
nagarikata

काठमाडौँ- ‘बहिनीलाई एमबीबीएस पढ्न मन थियो। उनले तयारी पनि गरिन्। आवेदन दिनका लागि फारम भर्न गइन्। आवेदन दिनका लागि नागरिकता अनिवार्य रहेछ। कैयौँ प्रयास गर्दा पनि आवेदन भर्न सकिएन। आवेदन नै दिन नपाएपछि अहिले पद्मकन्या क्याम्पसमा बीएस्सीमा भर्ना भएकी छन्। तर नागरिकताको समस्या सुल्झिएको छैन। हामी दिदीबिहिनीकै नागरिकता छैन। नागरिकता नहुँदाको सास्ती यहाँ सुनाएर साध्य छैन,’ नेहाले भक्कानिँदै सञ्चारकर्मीहरूलाई आफ्ना पीडा सुनाइन्।

नेहाका बाबु सम्पर्कविहीन छन्। पितृत्वको ठेगान नभएको भन्दै नेहा र उनकी बहिनीलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन मानेको छैन। आमाको दृष्टि क्षमता कमजोर छ। नागरिकताका लागि लामो लडाइँ लडेको बताउने उनी अब निराश भइसकेकी छन्। उनलाई आफ्ना पीडा अरुलाई जति सुनाए पनि समस्या समाधान होला भन्ने आश मरिसकेको छ।

‘बहिनीले एमबीबीएसमा आवेदन पनि दिन नपाएपछि हामी महिला तथा कानुन मञ्चसम्म पुग्यौँ। उहाँहरूको सहयोगमा हामीले अदालतमा मुद्दा हाल्यौँ। लामो समयपछि अदालतले फैसला हाम्रो पक्षमा गर्‍यो,’ महिला तथा कानुन मञ्चको समन्वय र प्रयासमा सञ्चारकर्मीहरूसँग बोल्न राजी भएकी उनले अदालतको फैसलाले पनि आफूहरूको समयस्या समाधान नभएको गुनासो गर्छिन्, ‘अब समस्या समाधान हुने आश मारिसकेको बताउँछिन्। यहाँ आएर बोल्नु पनि मन्दिर जानु जस्तो मात्र हो। जतिसुकै ठूलो समस्या लिएर गए पनि मन्दिरले कुनै समाधान निकालिदिँदैन नि। हो त्यस्तै हो हाम्रा लागि यहाँ आउनु पनि।’

नेहा र उनकी बहिनीलाई नागरिकता दिन आदेश जारी गर्दै पाटन उच्च अदालले गरेको ६ महिना बितिसकेको छ। तर नेहा र उनकी बहिनीको समस्या ज्युँका त्युँ छ। ‘फैसला बोकेर जिल्ला प्रशासन कार्यालयमा गयौँ। त्यहाँ जाँदा हामी आफैँले लगेको फसैला आधिकारिक होइन भनेर हाम्रो निवेदन दर्ता गर्न मानेनन्। पछि अदालतबाट नै इमेल गर्न लगायौँ। तैपनि अहँ भएन,’ उनका आँखा आँशु थामिएकै थिएनन्।

आफूहरूले नागरिकताका लागि भनेर लगेको निवेदन दर्ता नगरी प्रमुख जिल्ला अधिकारी परिवर्तन भए। नयाँ आए। तर काम भएन। उनले सुरूमा निवेदनसहितको फाइल नै फालिदिए। ‘प्रमुख जिल्ला अधिकारीले यतिसम्म भने कि अदालतबाट फैसला लिएर आएको हो भने नागरिकता पनि त्यहीँ गए भइगयो नि! किन यहाँ आउनुपर्‍यो? जानुस् अब,’ उनी थप्छिन्, ‘सरकारी कार्यालयमा प्रमुख जिल्ला अधिकारीबाटै त्यो स्तरको व्यवहार भयो। अब होप छैन।’

000

नागरिकताविहीनलाई कानुनी सहायता प्रदान गर्दै आएका अधिवक्ता विश्वजित तिवारीले संविधानको धारा १० ले गरेको ग्यारेन्टी प्रत्येक व्यक्तिको पहिचानको अधिकार स्थापित गर्न अदालतले आदेश दिँदा पनि सरकारले कार्यान्वन नगरेको आरोप लगाए। नागरिकता नभएकै कारण केही व्यक्तिले आत्महत्या सम्म गरेको प्रसंग उल्लेख गरेका थिए।

‘बाँके जिल्लामा अमरलाल बसकोरले नागरिकता नपाएकै कारण आत्महत्या गर्नुभयो। उहाँको विवाह पनि भएको रहेछ। एक जना बच्चा पनि छ। तर आजसम्म उहाँको श्रीमतीले विवाह दर्ता गर्न पाउनु भएको छैन,’ उनले सुनाए, ‘कुनै पनि कागजात नभएको अवस्थामा बच्चाको जन्मदर्ता भएको छैन। श्रीमतीको अवस्था पनि अनागरिक नै छ।’

यस विषयलाई लिएर अधिवक्ता तिवारी कैयौँ पटक राष्ट्रिय मानव अधिकार आयोग धाए। अदालतमा उजुरी लिएर गए। लामो प्रतीक्षापछि अदालतले ०७७ जेठ २९ गते अमरलाललाई नागरिकता दिन आदेशसहितको फैसला गरेको थियो। तर उनले नागरिकता पाउन सकेनन्। त्यसपछि विरक्तिएर अमरलालले आत्महत्या गरेका थिए। उनको परिवारलाई अझसम्म पनि न्याय मिलेको छैन।

000

सानुमैया ६७ वर्ष पुगिन्। उनलाई लेखपढ गर्न आउँदैन। उनीसँग पनि नागरिकता छैन। उनका श्रीमान् लामो समयदेखि सम्पर्कविहीन छन्। उनको पनि नागरिकता थिएन। उनका एक जना छोरा छन्। तर अहिले उनले पनि आमालाई छोडेर छुट्टै बस्न थालेका छन्।

‘छोरा ठूलो हुँदै गयो। तर उसलाई मैले जन्म दिन सकेँ, नागरिकता दिन सकिनँ,’ उनले पीडा पोखिन्, ‘श्रीमान् कहाँ हो ठेगान छैन। छोरा नि हुनुहुन्न। बुहारी नि हुनुहुन्न। आफ्नो पनि नागरिकता छैन।’

आफ्नो छोरालाई नागरिकता दिन नसकेका कारण छोराले आफूलाई त्यागेको उनको भनाइ छ। ‘छोरालाई नागरिकता दिलाउनका लागि अदालतमा मुद्दामामिला गरियो। अदालतको फैसला आएपछि नागरिकता मिल्छ भन्ने लागेको थियो। तर अदालतको फैसला आएपनि नागरिकता नपाइने रहेछ,’ उनले भनिन्, ‘यो लडाइँ सुरु भएको वर्षौँ भइसक्यो। नागरिकता पाइने ठेगान छैन। यहाँसम्म आउन त सुषमा म्याडम (अधिवक्ता सुषमा गौतम)ले सहयोग गरिरहनु भएको छ।’

मञ्चकी अधिवक्ता गौतमका अनुसार सानुमैयासँग आम्दानीको कुनै स्रोत छैन। लाजिम्पाटको एउटा कोठामा बस्न थालेको २१ वर्ष पुगिसकेको छ। उनका श्रीमान हाल कहाँ छन् टुंगो छैन। ‘कतै फर्किएर आइहाल्लान् कि भनेर उहाँले त्यो कोठा छोड्न पनि मान्नु भएको छैन। त्यो कुरा ठिक पनि हो। १०/२०/१००/५० रुपैयाँ मागेर उहाँको गुजारा चलिरहेको छ,’ गौतमले थपिन्, ‘नागरिकता नभएका कारण छोराबुहारीले त्यागे। नागरिकता पनि दिन नसक्ने आमाको के काम! भन्दै छोरा निस्किएका रे। अहिले कहाँ छन् पत्तो छैन। सानुमैया अहिले भनेको कुरा अहिल्यै बिर्सनुहुन्छ। उहाँभित्र पीडाको पहाड छ। धन्न हिँड्दै हुनुहुन्छ।’

सानुमैयालाई पनि नागरिकता दिनका लागि भनेर अदालतले फैसला गरेको छ। तर उक्त फैसला जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गर्न मानेको छैन। नागरिकता विधेयक आएको भए केही समस्या हल हुन्थे होला। तर सदनबाट दुई पटक पारित भएर पनि नागरिकता विधेयक आउन सकेको छैन। यसले धेरैलाई समस्या भएको गौतमको भनाइ छ।

सानुमैयाका श्रीमान सम्पर्कविहीन भएको भन्दा जिल्ला प्रशासन कार्यालयले मृत्युदर्ताको प्रमाणपत्र लिएर आउन सुझाएको छ। सम्पर्कविहीन भएका आफ्ना श्रीमानको मृत्युदर्ता गराउन सानुले सक्ने कुरा भएन।

000

अविनाशलाई पनि नागरिकता दिएर त्यसको जानकारी अदालतमा गराउनू भनेर फैसला गरिदिएको छ। तर कार्यान्वयन हुने आश उनलाई छैन। नागरिकता विधेयक आए आफ्ना समस्या हल हुने आश अविनाशलाई छ।

‘बाबुआमा हुनुहुन्न। जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु बाबुआमा लिएर आउन भन्नुहुन्छ। कहाँबाट ल्याउने?,’ अविनाशको प्रश्न छ।

आफूले फैसला लिएर जिल्ला प्रशासन कार्यालय ललितपुरमा जाँदा आफ्नो निवेदन त्यहाँका कर्मचारीले फालिदिएको उनको भनाइ छ। ‘त्यहाँको कर्मचारीले मेरो पालामा यो भएको होइन। यस्तोमा म जिम्मेवार हैन भन्नू हुन्छ,’ उनले भने, ‘धेरै समस्या छ।’

अविनाश नागरिकताको प्रमाणपत्र नबनाइकन हुने निजी कम्पनीमा काम गर्दै आएका छन्। उक्त कम्पनीले तलव लिनका लागि प्यान नम्बर लिएर आउन भनेको छ। नागरिकता नै नभएका कारण उनले प्यान नम्बर बनाउन सकेका छैनन्।

अविनाशका छोरा ५ वर्षका भए। उनलाई विद्यालय भर्ना गर्ने बेला भएको छ। विद्यालय भर्ना गर्ने बेलामा नै जन्मदर्ताको प्रमाणपत्र विद्यालयले खोज्छ। आफ्नै नागरिकता नभएका कारण उनले छोराको जन्मदर्ताको प्रमाणपत्र बनाइदिन सकेका छैनन्। ‘५ वर्षको छोरा छ। उसको जन्मदर्ता गराइदिन सक्या छैन। आफ्नै नागरिकता छैन। आफ्नै नागरिकता नभएपछि छोरालाई विद्यालय भर्ना गर्न सकेको छैन,’ उनले प्रश्न गरे, ‘एक जनाको नागरिकता नहुँदाको पीडा कति पुस्तालाई दिन चाहन्छ सरकार?’

मञ्चकी अधिवक्ता गौतमका अनुसार नागरिकता नपाएर आफूहरूले कानुनी सहयता गरिरहेका केही प्रतिनिधि पात्र मात्र हुन् नेहा, अविनाश र सानुमैया। आफूहरूले यस्ता थुप्रै केसमा मुद्दा लडेर जिते पनि धेरैलाई नागरिकता दिलाउन नसकिरहेको बताइन्। नागरिकताविहीनहरूलाई नागरिकताको संवैधानिक हक स्थापित गराउन आफूहरूले लामो समयदेखि सहयोग गर्दै आएपनि थुप्रै पीडितहरू प्रक्रिया लामो हुने हुँदा निराश बन्ने गरेको उनले बताइन्।

अधिवक्ता तिवारीले थुप्रै केसमा अदालतले फैसला गरे पनि पीडितलाई न्याय दिलाउन भने नसकिइरहेको बताए। संवैधानिक हकमा नागरिकलाई पहुँच दिलाउन फैसला नै लिएर गएपनि कर्मचारीतन्त्र बाधक बनिरहेको बताउने तिवारी फैसला कार्यान्वयनका लागि पनि लामो लडाइँ गर्नुपर्ने अवस्था रहेको बताउँछन्। उनी थप्छन्, ‘सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री परिवर्तन हुन सक्छ। तर हाम्रो देशमा सर्वोच्च अदालतको फैसला लिएर गए पनि नागरिकता दिन प्रमुख जिल्ला अधिकारीहरू मान्दैनन्। यसले पीडितलाई भौतिक सास्ती त छँदैछ, मानसिक सास्तीको लेखाजोखा कतैबाट भएको छैन।’

प्रकाशित: २०८० जेठ १४ गते आईतबार ०९:५६
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना