२०८३ कार्तिक १४ गते शुक्रबार

३ अर्ब खुम्चँदै गण्डकी बजेट

 |  Untitled
Sanket

Untitled

पोखरा, जेठ १५
surendra pandey

पोखरा- आगामी आर्थिक वर्षका लागि गण्डकी सरकारको बजेट करिब ३ अर्ब खुम्चने देखिएको छ। सरकार ३२ अर्बभन्दा बढी बजेट बन्न नसक्ने बताउँदै आएको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्षको बजेट ३२ अर्बभन्दा बढाउन नसकिने बताए। ‘हाम्रो आन्तरिक राजस्व घटेको छ। माथिबाट आउने अनुदान पनि घटेर आइरहेको छ। सधैं अर्काको भरमा परेर मात्रै बजेट बनाउने प्रणाली ठिक भएन,’ उनले भने, ‘आफ्नै प्रदेश आत्मनिर्भर बनाउन स्रोत साधन खोज्नुपर्ने छ। आगामी वर्षको बजेट कुनै पनि हालतमा ३२ अर्बभन्दा तन्काउन नसक्ने अवस्था छ।’

चालु वर्षमा सरकारले ३५ अर्ब ९० करोडको बजेट कार्यान्वयन गरिरहेको छ। संघ सरकारको स्रोत घटेका कारण अहिले पनि बजेट घट्ने सम्भावना छ। गण्डकीले हालसम्म ३३ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ ५ अर्ब २७ करोड र पुँजीगततर्फ ६ अर्ब ८३ करोड बजेट खर्च भएको हो। अब बजेट कार्यान्वयनका लागि डेढ महिनामात्रै बाँकी छ।

हालसम्म १२ अर्ब ११ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। यो अवधिमा आम्दानी पनि जम्मा ६१ प्रतिशत मात्रै प्राप्त भएको छ। ११ अर्ब ३४ करोड रुपैयाँ कर राजस्व उठाउने लक्ष्य लिएको सरकारले हालसम्म ५ अर्ब ८९ करोड मात्रै उठाएको छ। यो रकम झण्डै ५० प्रतिशत कम हो। ११ अर्ब ३४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले हालसम्म ५ अर्ब ८९ करोड मात्रै उठाएको छ।

संघ सरकारले विभिन्न शीर्षकमा दिने रकम घटाएको छ। समानीकरण अनुदानमा सरकारले ७ अर्ब ९२ करोड अनुमान गरेकोमा झण्डै १ अर्ब कम अर्थात ६ अर्ब ९३ करोड दिएको छ। सशर्त अनुदानमा पनि लक्ष्यभन्दा कम बजेट आएको छ। चालुतर्फ १ अर्ब ८२ करोड अनुमान गरिएकोमा १ अर्ब २५ करोड र पुँजीगततर्फ पुँजीगततर्फ ५ अर्ब ९ करोड अनुमान गरिएकोमा १ अर्ब ६९ करोड पाएको छ।

विशेष अनुदान पुँजीगततर्फ अनुमानित ६५ करोड ५० लाखमध्ये ३२ करोड र चालु तर्फ अनुमानित २० करोड ५० लाखमध्ये २२ करोड ५० लाख प्राप्त भएको छ। ८३ करोड ७० लाख अनुमान गरिएको समपूरक शीर्षकमा ४८ करोडमात्रै पाएको छ। विविध प्राप्ति शीर्षकमा सरकारले अपेक्षा गरेभन्दा बढी आम्दानी गरेको छ। ३ अर्ब ६७ करोड अनुमान गरिएकोमा ४ अर्ब ४८ करोड प्राप्त भइसकेको छ। २ अर्ब आन्तरिक ऋण उठाउने बजेटमार्फत् घोषणा गरिएकोमा अहिलेसम्म ऋण उठाउने बाटो खुला भएको छैन।

मुख्यमन्त्री पाण्डेले आगामी वर्षका लागि करिब साढे १० अर्ब बजेट पुरानो दायित्वमा खर्चिनुपर्ने बताएका छन्। ‘पहिलेको सरकारको दायित्व आधाभन्दा बढी बोक्नुपर्ने अवस्था छ। स्रोत बर्सेनि घट्दै गएको छ। नयाँ क्षेत्रबाट आम्दानी गर्न नियम कानुनसमेत परिवर्तन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

बजेटको आकार घट्ने र दायित्वसमेत बढी भएकाले नयाँ कार्यक्रम थप्ने सम्भावना नरहेको सरकारले जनाएको छ। मध्यमकालीन खर्च संरचनाले ३६ अर्बको बजेट ल्याउँदा पर्यटनमा ६२ करोड, ऊर्जामा १५ करोड, कृषिमा २ अर्ब ८२ करोड, उद्योगमा ५१ करोड लगानी गर्नुपर्ने उल्लेख गरेको छ। पूर्वाधारमा मात्रै १४ अर्ब ४५ करोड, मानव संशाधनमा ६ अर्ब ४३ करोड र सुशासनमा १ अर्ब २५ करोड लगानी हुने अनुमान गरेको थियो।

सरकारलाई सरोकारवालाले भने पुरानो सरकारको दायित्वबाट नयाँ सरकारले कुनै काम गर्न नसकेको भन्दै त्यसलाई हटाउनुपर्ने सुझाव दिएका छन्। प्राध्यापक डाक्टर लेखनाथ भट्टराईले स्रोत सुनिश्चित नभएका योजनलाई बहुवर्षीय योजनामा राखेर नयाँ सरकारलाई अप्ठेरो पार्ने काम भइरहेकाले त्यसलाई हटाएर प्रोजेक्ट बैंकको अवधारणा अघि सार्नुपर्ने बताए। अर्थमन्त्री जीतप्रकाश आलेले तल्लो तहका नागरिकले पनि प्रदेश सरकारलाई महसुस गर्ने गरी बजेट बनाउने बताए। उनले आगामी वर्षको बजेटका लागि अहिलेदेखि नै मेहनत गर्नुपर्ने तर्क गरे। ‘अर्को साल के गर्ने भन्ने अहिलेकै साउन भदौदेखि छलफल गर्नुपर्छ। ढुकुटी रित्तिएपछि रित्तियो भनेर चुपचाप बस्ने होइन,’ उनले भने, ‘ढुकुटी भर्ने र खर्च गर्ने अवधारणा हामीसँग हुनुपर्छ। अर्को सरकार आएपछि जे सुकै गरोस् भन्ने सोचबाट बाहिर बस्नुपर्छ।’ अहिले हाल सरकारको ढुकुटी उत्साहजनक नरहेको सुनाए।

प्रदेशको नीति तथा योजना आयोगले भने आगामी वर्षको बजेट पनि मध्यमकालीन खर्च संरचनाअनुसार नै निर्माण गर्न आर्थिक मामिला मन्त्रालयलाई सिफारिस गरेको छ। आयोगले मध्यमकालीन खर्च संरचना जारी गर्दै ३६ अर्ब ७ करोड रुपैयाँको बजेट उपयुक्त हुने उल्लेख गरेको हो। यद्यपि आयोगले ३६ अर्ब हाराहारीको बजेट अनुमान गरेर प्राथमिकताका आयोजना र बजेटको अनुमानित विवरण प्रस्ताव पठाउन उपयुक्त हुने सुझाव दिएको छ।

प्रहरी परिचालनका लागि पर्याप्त बजेट छुट्याउने
प्रहरी समायोजन नहुँदा प्रदेश अधिकारसम्पन्न नभएको मुख्यमन्त्रीहरुले बताउँदै आइरहेका छन्। प्रहरी समायोजन नभइ पनि गण्डकी प्रदेश सरकारले प्रहरी परिचालनको व्यवस्था गर्दै स्रोत, साधन सम्पन्न गराउन प्राथमिकताका साथ बजेट विनियोजन गर्ने अर्थमन्त्री आलेले बताए।

‘नेपाल सरकारसँगको समन्वयमा प्रदेश प्रहरी परिचालनको आवश्यक व्यवस्था गरी प्रदेश मातहतको प्रहरी प्रशासनलाई स्रोत साधन सम्पन्न बनाई सुरक्षा व्यवस्थापनको उचित प्रवन्ध गरिने छ,’ अर्थमन्त्री आलेले संसदमा बजेटको प्राथमिकता पेस गर्दै भने।

वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन प्राप्त अनुदानको उद्देश्य अनुरुप परिचालन गर्दै स्थानीय तहमा हस्तान्तरित अनुदानलाई समेत उद्देश्यअनुरुप कार्यान्वयन गर्न नियमित अनुगमन, ज्ञान हस्तान्तरण, अन्तरक्रिया मार्फत स्वामित्वभाव अभिवृद्धि गर्ने अर्थमन्त्रीको भनाइ छ। स्थानीय तहमा हस्तान्तरण हुने अनुदानमा सशर्त अनुदानको मात्रा घटाउदै निशर्त अनुदानमा अभिवृद्धि गर्दै लैजाने अर्थमन्त्री आलेले बताए।

प्रदेश सरकारलाई आन्तरिक राजस्व प्राप्त हुने र राजस्वको दायरा अभिवृद्धि गर्न सकिने क्षेत्र र संरचनाको निर्माण गर्न उच्च प्राथमिकता दिइने आलेले बताए। राजस्व संकलन र नियमन प्रकृयालाई थप प्रविधिमैत्री तथा यथार्थपरक बनाउन एकीकृत राजस्व सूचना प्रणालीको विकास गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य गरिने उनको भनाइ छ।

प्रकाशित: २०८० जेठ १५ गते सोमबार ०७:०३
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना