ललितपुर- क्रियाशील पत्रकार नारायण अर्याललाई पक्राउको तयारी स्वरुपले प्रहरीले घेरा हालेको छ।
पक्राउ हुने चर्चाबीच कुपन्डोलस्थित नटराज ट्राभल भएको घरमा रहेका अर्याल प्रहरीको घेरामा परेको उनीसँगै रहेका पत्रकार महासंघका प्रतिनिधीले जानकारी दिएका छन्।
अर्याल रहेको घरमा सादा पोसाकको प्रहरीलेले घेरा हालिरहेको नेपाल पत्रकार महासंघका सचिव वैकुण्ठराज पराजुलीले जानकारी दिए।
उनले भने, ‘प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहितका पत्रकार साथीहरु नारायणजीसँगै छौं। नारायणजी पक्राउ परिसकेको अवस्था होइन। तर सादा पोशाकका प्रहरीहरु बाहिर छन्।’
अर्याल पुर्जी काटिएका पत्रकार दिलभुषण पाठकको सहकर्मी भएका आधारमा प्रहरीले ज्यादती गरिरहेको भनाइ पत्रकार महासंघका प्रतिनिधिको छ।


