२०८३ कार्तिक २६ गते बुधबार

छविलाल जोशीको बयान : गोर्खा मिडियामा मेरो हस्ताक्षर कीर्ते भयो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २
Chhabilal-Joshi-Former-AIG

काठमाडौँ- वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क रकम अपचलनमा मुछिएका छविलाल जोशीले आफ्नो हस्ताक्षर कीर्ते भएको बयान दिएका छन्। आफू अमेरिका प्रस्थान गरेपछि आफ्नो हस्ताक्षर कीर्त भएको बयान प्रहरीमा दिएका हुन्।

यो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा आइतबार वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा मुद्दा दर्ता भएको छ। जसमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ।

जोशीले प्रहरीसामु बयानका क्रममा गितेन्द्रबाबु (जीबी) राई र लामिछानेलाई पोलेका छन्। बैङ्कबाट कर्जा लिन लामिछाने र राईले आफ्नो घर समेत धितो राख्न थालेपछि तीन महिनामै कम्पनीबाट आफू अलग भएको दाबी उनले गरेका छन्।

प्रतिवादी छविलाल जोशीको बयानः
गोर्खा मिडिया नेटवर्क प्रा.लि.को नाउँमाग्लोबल आईएमई बैंकमा संचालनमा रहेको ००४०१०१००००५७७ नम्बरको खाताको केवाईसी फारम र दस्तखत नमुना मेरो हो। उक्त कम्पनीको दैनिक आर्थिक कारोवार वापतको रकम पूर्णरुपमा गितेन्द्रबाबु राई र रवि लामिछानेले गर्ने गर्नु भएको थियो।

उक्त कम्पनी तथा सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच कुनै सम्वन्ध सरोकार रहेको मलाई जानकारी छैन, म समेत संस्थापक भई मिति २०७७।०५।१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि. दर्ता गरी सञ्चालनमा ल्याउने क्रममा रवि लामिछाने समेतको सहकार्य रहेको थियो। आर्थिक कारोवारको सम्पूर्ण जिम्मेवारी र दायित्व गितेन्द्रबाबु राईको रहेको हुँदा कम्पनीको खाताबाट रकम भुक्तानी को-कसलाई र किन दिने भन्ने विषय पनि निजमै निर्भर रहन्थ्यो।

कम्पनीको शेयर वृद्धी गरी बैंकबाट कर्जा लिने भन्ने बिषयमा गितेन्द्रबाबु राई र रवि लामिछानेले मेरो घर धितो राखे समेतको कार्य गर्न लागेपछि र कम्पनी सञ्चालन गर्दा मलाई धेरै कुराबाट बाईपास गरी मेरो जानकारी विना कामहरू हुन लागेको कारण गितेन्द्रबाबु राई र रवि लामिछानेको काम, व्यवहारसँग मेरो तिक्तता र असहमति हुन गई मैले उक्त कम्पनी स्थापनाको करिव ३ महिना नबित्दै छाड्ने निर्णय गरी सो कुरा निजहरूलाई जानकारी गराउँदा गितेन्द्रबाबु राईले कम्पनीमा तपाईको कुनै रकम लगानी छैन र यस पछि पनि पर्दैन। हामीले यति ठुलो टि.भि. (Galaxy 4K Television) सञ्चालनमा ल्याउन लागेका छौं, यसमा हजुरको असहयोगले गर्दा काम रोकिन सक्छ बरु हजुरले नितिगत काममा सहयोग गर्नुस् त्यसपछि हजुर अलग हुनुहोला भनि मसँग अनुरोध गरेको कारण कम्पनीको पूँजी वृद्धी गर्ने सम्मको निर्णय गर्ने बैठकमा उपस्थिति जनाई कम्पनीलाई काम गर्ने वातवरण सृजना गरी आफू कम्पनीमा कुनै पनि दायित्वमा नरहने गरी अलग हुन्छु भनि राजिनामा सहितको सवै कागजपत्रहरू निजलाई बुझाई मिति २०७७।०७।०३ (ई.सं.२०२०-१०-१९) गते वैदेशिक भ्रमणको लागि अमेरिका प्रस्थान गरेको हूँ, जुन कुरा मेरो Travel Historyबाट समेत खुल्छ।

मिति २०७७।०९।०३(२०२०-१२-१८) गते नेपाल फर्केपछि गोर्खा मिडियामा आफ्नो शेयर कायम नै रहेको र म अमेरिका गएको भोलीपल्ट मिति २०७७।०७।०४ गते मेरो हस्ताक्षर किर्ते गरी कम्पनीको उदेश्य थप गर्नेबारेमा निर्णय गरेको भन्ने थाहा पाई मैले गितेन्द्रबाबु राईलाई भेटी तपाईहरूले मेरो हस्ताक्षर समेत किर्ते गर्नु भएको रहेछ, मलाई तपाईसँग बस्नु छैन, मैले राजिनामा नै बुझाएर तपाईलाई शेयर समेत फिर्ता गरेको कबुल कागज गरेर छाडीसक्दा पनि किन मेरो शेयर यथावत राख्नु भएको हो, मलाई यसबाट तुरुन्त अलग गराउनुस् भन्दा निजले तपाईको केही हस्ताक्षरहरू छुटेका छन् त्यसैले तपाईको शेयर कायम नै भएको हो।

हामीले कम्पनीको पूँजी बृद्धी गर्ने लगातयको काम गर्न बाँकी रहेको र संचालक तपाई समेत रहेको कारण सो काम गर्न तपाईको आवश्यकता भएकोले सहयोग गर्नुस्, कम्पनीको पूँजी वृद्धी गरी बाँडफाँड भएपछि तपाईको नाउँको शेयर मलाई नै फिर्ता गर्नुहोला, त्यसपछि तपाईलाई हामी कम्पनीबाट अलग गराउँछौं भनेको कारण मैले निजको कुरामा विश्वास गरी सो कार्यमा सहयोग गरेको हूँ, सो पश्चात २०७७ साल चैत्र महिनामा गितेन्द्रबाबु राई, म र रवि लामिछानेको नाउँमा शेयर कायम भएकोमा मैले मिति २०७८।०६।२३ गते मेरो नाउँमा रहेको सम्पूर्ण शेयर गितेन्द्रबाबु राई (Face of the Company) लाई हस्तान्तरण गरी कम्पनीको विनियम अनुसारको प्रकृया पुरा गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा उपस्थित भई सम्पूर्ण दायित्व र जिम्मेवारी समेतबाट अलग भएको हुँ।

म उक्त गोर्खा मिडिया नेटवर्क प्रा.लि. स्थापना कालदेखि मिति २०७८।०६।२३ गतेसम्म कानूनी रुपमा रहेतापनि स्थापनादेखि मिति २०७७।०७।०३ गतेसम्म मात्र उक्त कम्पनीमा थिए। सो पश्चात अमेरिका गई फर्केपछि कम्पनीमा उपस्थित समेत जनाएको अवस्था थिएन। कम्पनी छाड्ने विषयमा पटक-पटक कुरा गरी प्रकृयागत रुपमा छाड्ने क्रममा केही समय ढिलाई मात्र हुन पुगेको थियो त्यसैले कम्पनीमा लगानी के-कसरी, कहाँबाट जुटाईयो वा खर्च कसरी गरिएको थियो मलाई पूर्णरुपमा जानकारी छैन। म यस कम्पनीमा छोटो समय मात्र साझेदार रहेको हुँदा सहकारीको बचत रकम अपचलन गरी कम्पनीमा लगानी गरिएको, यसरी अपचलनबाट प्राप्त रकम कम्पनीले धारणा / प्रयोग गरेको भन्ने विषयमा वा सहकारीको रकम अपचलन गर्नको लागि संलग्नता जनाउने भन्ने जस्ता कुनै पनि कार्यमा संलग्न, मिलेमतो तथा उपस्थिति समेत नभएको हुँदा मलाई प्रस्तुत कुनै पनि कसूरमा कारवाही हुनु हुँदैन।

हिरासतमा रहेका रवि लामिछानेले के भनेका छन् थाहा छैन तर उनिलाई स्पष्ट रुपमा थाहा छ की मैले २/३ महिना मात्र गोर्खा मिडियामा रही गोर्खा मिडिया नेटवर्क छाडी उक्त टि.भि. (Galaxy 4K Television) मा नगई कुनै रकम तथा वोनस, आर्थिक लाभ नलिई गितेन्द्रबाबु राई र रवि लामिछानेलाई पूर्णरुपमा आधिकारिक तवरबाट छाडी कम्पनी रजिष्ट्रारको कार्यालयबाट सम्पूर्ण दायित्व र जिम्मेवारबाट अलग भएको हुँ सहकारीको रकम अपचलनको विषयमा रवि लामिछाने र गितेन्द्रबावु राईलाई नै थाहा होला।

प्रकाशित: २०८२ असार २ गते सोमबार ११:१६
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना