काठमाडौँ- गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सोमवार सदनमा रास्वपाले पलेँटी विरोध गर्यो।
तर अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सामान्य छलफलमा उठेको प्रश्नको जवाफ दिने पालो पाएपछि उनीहरूले नाराबाजी थाले।
बैठक सुरु भएसँगै रास्वपाका सांसदहरू रोस्टम अगाडि विरोधमा पलेँटी कसेर बसेका थिए। तर पनि संसदका कारबाही जारी रह्यो।
यस्तै छलफलपछि उपसभामुख इन्दिरा राना मगरले अर्थमन्त्रीलाई बोल्न समय दिइन्। त्यससँगै पलेँटीबाट रास्वपाका सांसदहरू जर्याकजुरुक उठेका थिए।
अर्थमन्त्री पौडेल मुस्कुराउँदै आफ्नो धारणा राख्न लागे।
