काठमाडौं- चैत १५ गते भएको तीनकुने घटनामा सरकारले आरोपी करार गरेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई मंगलबार ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। मिश्र मंगलबार आफैँ अदालतमा उपस्थित भएका थिए। यसअघि सोमबार तीनकुने घटनाका अर्का आरोपी राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि ३ लाख धरौटीमा रिहा भएका थिए।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी गत जेठ १९ गते मुद्दा दर्ता भएको थियो।


