काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरू र कानुनमन्त्रीसँग छलफल गरेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा छलफल गरेका हुन्।
रास्वपाले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको छ।
संसद् अवरोधका कारण बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन्।


