२०८३ साउन १३ गते बुधबार

स्थानीय तहलाई प्रदेश मातहत ल्याउनुपर्छ : उपेन्द्र यादव [कुराकानी]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ६
Upendra_Yadav1

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन्। सप्तरी-२ मा चुनाव हारेपछि उपनिर्वाचनबाट उनी प्रतिनिधि सभा छिरेका हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ-५ र सुनसरी-५ बाट, २०७० सालमा सुनसरी-५ तथा २०७४ सालमा सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

विसं २०१६ मा सप्तरीको भागवतपुरमा जन्मिएका अध्यक्ष यादवले २०३२ सालमा कम्युनिष्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। विसं २०४८ मा नेकपा (एमाले)मा आबद्ध भएका उनले २०६३ सालदेखि मधेसी जनअधिकार फोरम गठन गरी मधेस आन्दोलन सुरु गरे। अध्यक्ष यादवले देशको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भई जिम्मेवारी सम्हाली सकेका छन्। समसामयिक विषयमा सुशील दर्नालले उपेन्द्र यादवसँग गरेको कुराकानीको सम्पादित अंश:

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
अहिले संसद्को बजेट अधिवेशन चलिरहेको छ। बजेटमाथि सांसदले आफ्ना विचार राख्ने काम भइरहेको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम र सिद्धान्त तथा प्राथमिकताबारे संसद्मा छलफल भयो। सदनमा कानुन निर्माणको पाटोमा पनि सहभागी हुने गरेको छु। म अध्यक्ष भएकाले पार्टीको दैनिक गतिविधिमा पनि व्यस्त छु।

संसदीय अभ्यासलाई कसरी हेर्नुभएको छ?
ठूला राजनीतिक दलहरुमा लोकतान्त्रिक संस्कृतिको अझै विकास भइसकेको छैन। त्यसले गर्दा संसदीय अभ्यास स्वस्थ ढङ्गले सञ्चालन भएको छैन। दलहरु आग्रह–पूर्वाग्रहले ग्रसित छन्।

कार्यकारीणिको झगडा संसद्ले बेहोर्नुपरेको छ। त्यस कारण संसद्को जति प्रभावकारिता हुनपथ्र्यो, त्यो मैले पाएको छैन। सारा जनताको ध्यान अहिले संसद्तिर छ। संसद्प्रति जनताले जुन आशा गरेका थिए, त्यो आशा पूरा गर्ने गरी संसद्ले भूमिका निर्वाह गर्न सकेको छैन। संसद् चलिरहेको देखिए पनि प्रभावकारी ढङ्गले संसदीय कारबाही अगाडि बढ्न सकेको छैन।

संविधान कार्यान्वयनलाई कसरी हेर्नुभएको छ?
सबै जनताले संविधानको स्वामित्व ग्रहण गर्न सकेका छैनन्। संविधान जारी गर्ने बेलामा संविधानसभामा व्यापक छलफल र संशोधन प्रस्तावमाथि बहस गरेर जारी गरेको भए त्यसको स्वामित्व सबैले ग्रहण गर्ने थिए। संविधानमा केही महत्वपूर्ण कुरा छन्। केही विभेदकारी विषय पनि छन्। केही दोधारे विषय पनि छन्। संविधानमा भएका महत्वपूर्ण विषय पनि कार्यान्वयन हुन सकेका छैनन। जस्तोः सङ्घीयता पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन्। प्रदेशको संरचना खडा गरियो, तर केन्द्रीकृत र एकात्मक मानसिकताबाट मुक्त नभएका कारण पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन। प्रदेश र स्थानीय तहले गर्नुपर्ने काम र अधिकार पनि केन्द्रमै राखिएको छ।

केन्द्रमै स्रोत र शक्ति राखेपछि सङ्घीयता कसरी कार्यान्वयन हुन्छ रु सङ्घीयता कार्यान्वयन गर्न न कानुन छ, न कर्मचारीतन्त्र छ। स्रोत÷साधन पनि छैन। यस्तो अवस्थामा प्रदेश सरकारले कसरी काम गर्छ रु संविधानमा लेखिएका विशेष क्षेत्र र सुरक्षित क्षेत्रको पनि कार्यान्वयन भएको छैन।

संविधान संशोधनको विषयलाई कसरी हेर्नुभएको छ?
संविधान संशोधन गर्न सरकारले चाहेको देखिँदैन। संविधान जारी भएकै बेलादेखि संशोधनको कुरा भइरहेको छ, तर कुरामै सीमित छ। संशोधन कुन विषयमा गर्ने भन्ने विषय नै आएको छैन। कुन लक्ष्य प्राप्तिका लागि संशोधन गर्ने भन्ने नै थाहा छैन। संविधान संशोधन फण्डाजस्तो भएको छ।

संविधानलाई गति दिन परिमार्जनको आवश्यकता छ। त्यसैले पहिला संविधान संशोधनका लागि विज्ञहरुको टोली बनाउनुपर्छ। त्यो टोलीले दिएको सुझावको आधारमा संशोधन गर्नुपर्छ।

कुन–कुन विषयमा संशोधन गर्नुपर्छ?
पहिला निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ। नेपालजस्तो अल्पविकसित मुलुकमा यत्रो महँगो निर्वाचन प्रणाली हुनुहुँदैन। अहिलेको निर्वाचन प्रणालीले मुलुकलाई बर्बाद गर्छ। अर्को शासकीय स्वरुपमा पनि संशोधन गर्नुपर्छ। अहिलेको शासन व्यवस्था व्यवहारिक रुपमै सफल हुन सकेको छैन। अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ। राष्ट्रपतिले विज्ञहरुबाट सरकार बनाउनुपर्छ। संसद्ले कानुन बनाउने, अनुगमन गर्नेलगायत संसदीय कार्य गर्नुपर्छ। सरकार र संसद्लाई अलग गर्नुपर्छ।

त्यसैगरी न्यायपालिकालाई पनि पुनःविचार गर्नुपर्छ। न्यायपालिकामा धेरै ढिलासुस्ती छ। जनशक्तिको पनि कमी छ। सङ्घीय प्रणालीमा मुलुक गइसकेपछि एकात्मक प्रणालीमा न्यायपालिका त्यति प्रभावकारी हुन सक्दैन। सस्तो र सजिलो गरी जनताले न्याय सेवा पाउनुपर्छ। न्याय भनेको बजारबाट खरिद गरेको वस्तुजस्तो हुनुहुँदैन। स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउने र प्रदेशलाई अधिकार सम्पन्न बनाउने विषयमा संविधान संशोधन गर्नुपर्छ।

मधेसी समुदायको माग के हो?
जनसङ्ख्याको आधारमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा समान सहभागिता हुनुपर्छ भन्ने मधेसी समुदायको मुख्य माग हो। संवैधानिक आयोगलगायत राज्यका सबै संरचनामा मधेसी समुदायको समान रुपमा सहभागिता हुनुपर्छ। लोकतन्त्रमा जनसङ्ख्याको आधारमा सबैको प्रतिनिधित्व हुनुपर्छ। तर, अहिले समावेशिता पनि हराउँदै गएको छ।

सङ्घीयतालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ?
सङ्घीयताको आधारभूत सिद्धान्त भनेको प्रदेशमा स्वशासन र केन्द्रमा साझा शासन हो। यो नीतिबाट अगाडि बढ्नुपर्छ। सात प्रदेशलाई पुनःसंरचना गर्नुपर्छ। सङ्घीयताबारे राज्य पुनःसंरचना आयोगले भनेको सामथ्र्य र पहिचानको आधारमा १० प्रदेशको बारेमा सोच्नुपर्छ। प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ। प्रदेशलाई स्रोत र जनशक्ति दिनुपर्छ।

जनताको अवस्थालाई अझै सुधार गर्न के गर्नुपर्छ?
सत्तामा रहेका ठूला पार्टीहरुले राज्यका संरचनामा आफ्ना मान्छे मात्रै राखेर जनताको अवस्थामा सुधार हुँदैन। अदालत, अख्तियार र अन्य संवैधानिक निकायमा आफ्ना मान्छेभन्दा पनि योग्य र समक्ष मान्छे राखियो भने जनताको अवस्था यतिकै परिवर्तन हुन्छ। त्यसकारण जनताको अवस्था परिवर्तन गर्न राजनीतिक नेतृत्वको मानसिकता परिवर्तन हुन जरुरी छ। राजनीतिक नेतृत्वको मानसिकता परिवर्तन नभएपछि देशको विकास कसरी हुन्छ रु जनताले रोजगारी कसरी पाउँछ रु रोजगारी नपाएपछि जनताको अवस्था कसरी परिवर्तन हुन्छ ?

युवा विदेश पलायन कसरी रोक्न सकिन्छ?
गरिबी र बेरोजगारी भएपछि देशमा बाँच्नु कसरी रु बाँच्न गाह्रो भएपछि विदेश पलायन हुनुको विकल्प नै छैन। देशमा राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा नभएपछि युवा पलायन हुनु स्वभाविक हो। त्यसकारण युवा पलायन रोक्न आफ्नो देशको उद्योगधन्दा सञ्चालन गर्नुपर्छ। कृषिमा विकास गर्नुपर्छ। विकास र सुशासन दिन सकियो भने युवा पलायन आफैँ रोकिन्छ।

ठूला राजनीतिक दललाई तपाईको सुझाव के छ?
भ्रष्टाचार अन्त्य गर्नुपर्छ। जनतालाई सुशासन दिनुपर्छ। दलहरु विकासको गतितर्फ लाग्नुपर्छ। मूल्य र मान्यताका आधारमा राजनीति गर्नुपर्छ। व्यवस्था राजनीतिक रुपमा परिवर्तन भएको छ। तर, शासन प्रणाली उही छ। प्रशासनको ढाँचा उस्तै छ। आनीबानी, बेहोरा उही छ। त्यसकारण प्रमुख कुरा राजनीतिक दल सुध्रिन आवश्यक छ।

देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ?
विकासको मूल आधार भनेको शिक्षा हो। तलदेखि माथिसम्म शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ। युगअनुसारको शिक्षा प्रणाली हुनुपर्छ। मानिसको जीवनलाई सक्षम बनाउने खालको शिक्षा हुनुप¥यो। सँगैसँगै हाम्रो देश कृषिमा आधारित देश हो। कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्नुपर्छ। बन्द भएका उद्योगधन्दा सञ्चालन गर्नुपर्छ। पर्यटन क्षेत्रलाई विकास गर्नुपर्छ। विद्युत्मा विकास गर्नुपर्छ। यति मात्रै गर्न सकियो भने नेपाल संसारको सबैभन्दा सुखी र सम्पन्न देश बन्न सक्छ।

जनतासँग गरेको प्रतिबद्धता कति पूरा गर्नुभयो?
जसले सत्ता सञ्चालन गर्छ उसले बजेट विनियोजन गरेर विकासको काम अगाडि बढाउने हो। सरकारले बजेटको व्यवस्था गरेन भने विकास कसरी अगाडि बढ्छ रु मैले मेरो निर्वाचन क्षेत्र रहेको जिल्ला बाराको विकासका लागि गरेका प्रतिबद्धता पूरा गर्नेबारे सरकारलाई लेखेर दिएको छु।

जनतालाई तपाईँको सन्देश के छ?
जनता अन्याय र बेतिथिका खिलापमा उठ्नुपर्छ। भ्रष्टाचार र कमिसनतन्त्रलाई अन्त्य गरेर सुशासन र समृद्धिको दिशामा देशलाई अगाडि बढाउने कुरामा सबैको उत्तिकै दायित्व हुन्छ। देशमा भ्रष्टाचार अति भइसक्यो। यस विषयमा जनता सङ्गठित हुँदै जाग्नुपर्छ।

प्रकाशित: २०८२ असार ६ गते शुक्रबार १०:३५
प्रतिक्रिया

थप समाचार

‘सनसेट ल’ लागू र पीपीए खोल्ने हो भने साढे २८ हजार मेगावाट लक्ष्य सजिलै पुरा हुन्छ (अन्तर्वार्ता)

यदि तीन काम भए भने, २८ हजार ५०० मेगावाटको लक्ष्य केवल भाषणमा होइन, हाम्रा घरका स्विचहरूमा र देशको ढुकुटीमा देखिनेछ। हामी उद्यमीहरू जोखिम मोल्न तयार छौँ। सरकारले केवल बाटो सफा गरिदिए पुग्छ।

‘अरूको नाममा अकुत सम्पत्ति राखेकादेखि विशाल भवन बनाएकोसम्म उजुरी परेको छ’ (अन्तर्वार्ता)

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ। आयोगले पैतृक सम्पत्तिका रुपमा भोग हस्तान्तरण भइ आएको घरजग्गा...

‘सरकारले बस चलाउने र व्यापार गर्ने हैन, निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाइदिने हो’

हिमाल सिमेन्ट, हेटौँडा कपडा कारखाना र गोरखकाली टायर जस्ता दशकौँदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने कुरा पूर्णतः अव्यावहारिक छ। यस्ता काममा हात हाल्नुभन्दा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन...

‘नेपालमा पुँजी अभाव हैन, लगानीको वातावरण छैन’

'निजी क्षेत्र नभएको भए नेपाल अझै लोडसेडिङमै हुन्थ्यो, यदि लगानीमैत्री वातावरण र नीतिगत सुनिश्चितता दिने हो भने नेपाली जनताको पैसा नै जलविद्युतका लागि पर्याप्त छ। यो क्षेत्रले ८ देखि १६ लाखसम्म...

हाल देखिएको ऊर्जा संकट खनिज इन्धनको परनिर्भरता त्याग्ने ऐतिहासिक अवसर: ऊर्जाविद् गुरुङ

काठमाडौँ: मध्यपूर्वमा जारी युद्धका कारण यतिवेला विश्वमा ऊर्जा संकटको समस्या गहिरिएको छ। अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना