२०८३ कार्तिक २१ गते शुक्रबार

‘साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड पुग्यो’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १५
budget

काठमाडौं – प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नेपाल सरकारका तर्फबाट आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गदै अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन्।

सोमबार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री महतले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताएका हुन्।

संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूसûयुक्रेन युद्धले आपूर्तिमा असर गरेको बताएका छन्। उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताए।

मुद्रास्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको उनको भनाइ रहेको छ। पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत उनले बताएका हुन्।

त्यस्तै उनले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौतिलाई समाधान गर्दै निजी क्षेत्रको मनोवल उच्च बनाउँदै उच्च आर्थिक बृद्धिदर हासिल गर्नेदिशातर्फ आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम लक्षित भएको बताएका छन्।

सामाजिक न्याय कायम गर्ने, गरिबि न्युनिकरण गर्ने, दिगो विकास विकासका लक्ष्य हासिल गर्नेतर्फ उन्मुख भएको उनले बताएका छन्।

प्रकाशित: २०८० जेठ १५ गते सोमबार ०४:४६
प्रतिक्रिया

थप समाचार

केन्द्र सरकारबाट कुन महानगरले कति बजेट पाए ?

काठमाडौं – सरकारले जेठ आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ। आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय...

भ्याटका १७० र अन्तशुल्कका ३४० वटा छुट दर खारेज

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटले विभिन्न शीर्षकमा दिइँदै आएको भ्याट र अन्तशुल्क छुट खारेज गरेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले  भ्याट छुटका १७० र अन्तशुल्क...

कोटेश्वर, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

काठमाडौं – नेपाल सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएकोे छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष...

झन्डै दुई गुणाले बढ्यो सहरी विकासको बजेट

काठमाडौँ- सरकारले सहरी विकास मन्त्रालयको बजेट झन्डै दुई गुणाले वृद्धि गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सहरीका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। चालु आवमा यस मन्त्रालयका...

टियू मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने

काठमाडौं – सरकारले कीर्तिपुरको त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने योजना बनाएको छ। सोमबार दुवै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाश...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना