काठमाडौँ- स्वदेशमा उत्पादित आँपको प्रवर्द्धन गर्न आयोजित ८औं म्याङ्गो राइडमा सहभागी राइडरहरु लहान पुगेका छन्।
लहानस्थित नागेन्द्र महतोको आँप फार्ममा राइडरहरूले बोटबाटै टिपेर आँप को आनन्द लिएका छन्।
द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा करिव ८० वटा बाइकमा गएका १२० जनाको टिमले २८०० किलो आँप प्रति किलो ६० रुपैयाँमा पनि किनेका छन्।
सो म्याङ्गो राइडमा सहभागीहरुले कुल ७१५ किलोमिटरको यात्रा तय गर्दै स्थानीय तहमा उत्पादित आँपको प्रवर्द्धन तथा व्यापारमा सहयोग पुर्याएका छन्।


