काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक दलहरुको शीर्ष नेताहरुको बैठक बसेको।
प्रतिनिधिसभाबाट आगामी आवको बजेट पारित गर्ने तयारी गरिएपछि ओलीले सत्तासाझेदारको बैठक बोलाएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलगायत सहभागी छन्।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि बैठकमा सहभागी छन्।
बैठकमा सरकारका कामकारवाही प्रभावकारी बनाउने विषयमा पनि कुराकानी हुने ओलीको सचिवालयको भनाइ छ।


