२०८३ कार्तिक ११ गते मङ्गलबार

ग्वार्कोसँगै डीपीआर बनेको सातदोबाटो र एकान्तकुनामा किन बनेन ओभरपास?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १२
flyover_gwarko (30)

काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले गत शुक्रबार काठमाडौं चक्रपथको कलंकी–कोटेश्वर खण्डको ग्वार्को ओभरपास तामझामका साथ उद्घाटन गरे। नवनिर्मित ओभरपासमा नै आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए।

प्रधानमन्त्रीको उपस्थितिमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपासको रिबन काटेका थिए। तर, ग्वार्कोसँगै डीपीआर बनेको एकान्तकुना र सातदोबाटोमा बनाउने भनिएको ओभरपास निर्माण भने अन्योलमा छ।

चक्रपथमा हुने ट्राफिक चापलाई कम गर्न इन्जिनियरिङ प्रोक्युअमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा निर्माण हुने गरी सडक विभागले आर्थिक वर्ष ०७६/७७ मा तीनै ठाउँमा ओभरपास बनाउने गरी अध्ययन गरेको थियो। तर,ग्वार्कोको ओभरपास संचालनमा आइसक्दा पनि सातदोबाटो र एकान्तकुना चोकको अध्ययन कागजमा मात्र सीमित भएको छ। सडक विभागले यी दुवै स्थानमा ओभरपास बनाउन कुनै प्रक्रिया नै अघि नबढेको जानकारी दिएको छ।

सडक विभागले ०७९ मा बहुवर्षीय आयोजनाअन्तर्गत तीनवटा ओभरपास बनाउन भन्दै रकको व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। तर, त्यसवेला अर्थ मन्त्रालयले पैसा नभएको भन्दै सहमति नदिएपछि यी दुवै स्थानमा ओभरपास बनाउने काम त्यतिकै अड्किएको छ।

आर्थिक वर्ष ०८०/८१ को बजेटमा पनि सातदोबाटो र एकान्तकुनामा ओभरपास बनाउने घोषणा गरिएको थियो। तर यो घोषणाअनुसार कुनै काम भएन।

चालु आर्थिक वर्ष ०८१/८२ को बजेटमा ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास निर्माणका लागि ९ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको थियो। यो सबै बजेट ग्वार्को ओभरपासमा खन्याइयो। सातदोबाटो र एकान्तकुनामा ओभरपास बनाउने कुरा पनि कागजमा पनि अघि बढेन।

यता सडक विभागका निर्देशक दीप बाराहीले सातदोबाटो र एकान्तकुनामा दुईवटा ओभरपासको निर्माणबारे छलफल गरेर अघि बढ्ने तयारी भइरहेको बताए। ‘ग्वार्को ओभरपासको निर्माणका क्रममा विभिन्न समस्या तथा चुनौती सामना गर्नुपर्‍यो। एकान्तकुना र सातदोबाटो समस्या नआओस् भनेर हतार नगरेका हौँ,’ उनले भने, ‘अर्थ मन्त्रालयले पनि स्रोतका लागि सहमति दिएन।’ दुवै परियोजनाको डीपीआर तयार भएको उनको दाबी छ। निर्माणको मोडालिटी टुंग्याउन भने बाँकी रहेको उनले उल्लेख गरे।

आरसी, समानान्तर र रेलिगेयर तीन कम्पनीले संयुक्त रूपमा ग्वार्को ओभरपास निर्माण गरेका हुन्। २३ पुस ०७९ बाट निर्माण सुरु हुनासाथ डिजाइनमा समस्या देखिएपछि एक महिनामै काम रोकिएको थियो। सुरुमा दुई वर्षमा काम सक्ने भनेका यी कम्पनीले पटकपटक म्याद थप लिएका थिए। पटकपटक म्याद थप गरिदिँदा पनि काम नसक्ने प्रवृत्ति देखाएपछि सरकारले पछिल्लो ६ महिनायता दैनिक ८८ हजार जरिमाना लगाइदिएको थियो।

ग्वार्कोमा ओभरपास सञ्चालनमा आएसँगै त्यहाँको जाम सातदोबाटो र कोटेश्वरमा पर्न थालेको छ। परम्परागत डिजाइनमै सडक बनेका कोटेश्वर, एकान्तकुना र सातदोबाटो चोकमा ट्राफिक चाप पहिलेदेखि नै उच्च छ। जाममा जडिबुटी पनि उतिकै विख्यात छ। अब ती सबै स्थानमा थप ट्राफिक चाप पर्ने ट्राफिक प्रहरीको भनाइ छ।

प्रकाशित: २०८२ असार १२ गते बिहिबार ०५:५७
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना